प्रधानमन्त्री ओलीले शिलान्यास गरेको काल बन्दै मावाखोला पुल

उर्लाबारी। मोरङको उर्लाबारी–९ र झापा दमक–१० जोड्ने मावाखोला पुल चिरा चिरा परेको छ।दायाँबायाँको माटो बगिसकेको छ। रड देखिन थालेको छ। अनि, राज्य भने मौन रहेको छ ।पुलमुनिको खोलाको धार पूर्वतिर सर्दैछ, पुलसँगै जोडिएको जमिन भासिँदैछ। स्थानीय सरकारदेखि संघसम्म— तीन तहको सरकारकै आँखामुनि पुल भत्किँदै छ। तर, ठूला दुर्घटना नभएसम्म राज्य हल्लिँदैन भन्ने पुरानै ‘निति’ यहाँ पनि दोहोरिएको छ।

 

 

उर्लाबारी–९ निवासी टंक थक्लुङ लामो समयदेखि पुलको अवस्थाबारे आवाज उठाउँदै आइरहेका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकोमा उनी आक्रोशित छन्।अब पनि सरकारले आँखा चिम्लिरह्यो भने जनताले सडक संघर्ष रोज्छन्, उनले भने, “पुलभन्दा पहिले जनताको धैर्य ढल्छ।’स्कुल जाने बालबालिका, अस्पताल जाने बिरामी, गर्भवती महिला – सबै यही भत्किँदो पुल हुँदै आवतजावत गर्न बाध्य छन्। ठूला सवारी त रोकिएका छन्, तर साइकल र मोटरसाइकलसमेत ज्यानको बाजी लगाएर मात्र कुदाउँन सकिन्छ।

 

 

यो पुल २०७१ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। झन्डै ४ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो ७५.४५ मिटर लामो पुल अहिले आफैं संकट बनेको छ। सुरुमा २०० मिटर लामो बनाउने योजना थियो, तर चौथाइ मात्रै निर्माण भयो।चार वर्षसम्म मोरङतर्फको सडक नै बनेन। पछि बाटो खुले पनि हरेक वर्ष मावाखोलाले कटान गर्दै आयो। यो वर्ष खोलाको धार पूर्व सरेपछि झापातर्फको भागमा क्षति सुरु भएको हो।

 

 

पुलको अवस्थाबारे पटक–पटक आवाज उठाइँदा पनि सुनुवाइ नभएको भन्दै स्थानीयहरू आक्रोशित छन्। “पुल ढलेपछि आएर निरीक्षण गर्नु भनेको लास गन्नु हो,” स्थानिय समाजसेवी राजन रायमाझीले भने, अहिले नआए, पछि चिहानमा फुल चढाउन नआऊ।उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तान भन्छन् — पुलको मर्मत दमक नगरपालिकाको जिम्मेवारीमा पर्छ। दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारीले स्थलगत निरीक्षण गरिसकेको र अहिले अल्पकालीन व्यवस्थापनको तयारी भइरहेको बताएका छन्।

 

 

दमक–विराटनगर यात्रा छोट्याउने प्रमुख वैकल्पिक मार्ग यही पुल हो। इटहरी–विराटनगर–दमक घुमेर जान ६५ किमी लाग्छ भने यो रुट हुँदै ४२ किमीमै पुगिन्छ। तर, पुलको जर्जर अवस्थाले जनजीवन संकटमा पारेको छ।“करोडौँ खर्चिएर बनाएको संरचना मर्मत गर्न नसक्ने राज्य, अनि दुर्घटना भयो भने दोषी को ?” अब पनि सरकार मौन बस्यो भने आन्दोलन अपरिहार्य हुने स्थानीयको भनाइ छ। पुलको समस्या केवल संरचनागत होइन — यो राज्य र जनताको सम्बन्धबारेको प्रश्न बनेको छ।“पुलभन्दा अघि जनताको धैर्य ढल्छ,” टंक थक्लुङ दोहोर्‍याउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९