रेनु दाहालको पहिलो निर्णय सरकारी अस्पतालमा जन्मिएका छोरीको जीवन बीमा गर्ने

काठमाडौं । स्थानीय तहका नव निर्वाचित जनप्रतिनिधिहरुको पहिलो आकर्षण बीमामा देखिएको छ । अन्य स्थानीय निकायका जन प्रतिनिधिहरुले स्वास्थ्य बीमाको घोषणा गर्दै गर्दा भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण लगत्तै सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा गरिदिने पहिलो निर्णय गरेकी छन् ।

 

 

मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् ।

 

 

 

उनले महानगरपालिका भित्रका स्थानीयतको लागि सात हजारसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छन् । खानेपानी सेवाबाट करिब ५२ प्रतिशत जनता लाभान्वित हुने बताइएको छ । दाहालको पहिलो प्राथमिकतामा परेको बीमा योजनाले सरकारी अस्पतालको प्रवर्द्धन हुनुकासाथै बीमाको पनि राम्रो प्रचार भएको छ । दाहालको यस्तो कदमले महानगर भित्रका छोरीहरु बीमाको दायरामा आउने छन् ।

 

भरतपुर महानगर सहित अन्य स्थानीय तहका नवनिवार्चित जन प्रतिनिधिहरुले पनि बीमा योजना सार्वजनिक गरिरहेका छन् । केहि दिन अगाडी हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मिनाकुमारी लामाले निःशुल्क बीमा गराउने निर्णय गरेकी थिइन् । उनले उपमहानगरभित्र रहेका अति विपन्न घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेकी हुन् । हेटौंडा उपमहानगरपालिकाभित्र रहेका अति विपन्न घरपरिवारमध्ये हाल १५ सय ४१ घर परिवारले निःशुल्क स्वास्थ्य बीमा पाउने भएका छन् । नवनिर्वाचित उपमहानगरपालिकाका प्रमुख लामाले पदभार ग्रहण गरेसँगै उक्त निर्णय गरेकी हुन् । साथै उक्त घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत समेत निःशुल्क उपलव्ध गराउने उनले बताएकी छिन् ।

 

कमलामाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले नगरपालिकाभित्रका अति विपन्न परिवारलाई निशुल्क बीमा गराउने घोषणा गरेका छन् । नगरप्रमुख पोखरेलले आफ्नो पदभार ग्रहण गरेकै दिन उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको नगर प्रमुख पोखरेलले बताए । उनका अनुसार आगामी आर्थिक वर्षदेखि नगरपालिकाभित्र उक्त निशुल्क स्वास्थ्य बीमा लागु हुनेछ ।

 

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी नवनिर्वाचित मेयर विमल राईले पदभार ग्रहण लगत्तै शारीरिक रूपमा अशक्त, एकल नागरिक र अभिभावक विहीन बालबालिकाको लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्यण गरेकी छिन् । नवनिर्वाचित मेयर राईले सोमबार पदभार ग्रहण लगत्तै एकल महिला, एकल पुरुष, बिधुवा, विधुर, ‘ख, ग र घ’ वर्गको अपाङ्गता भएका नागरिक तथा अभिभावक विहीन बालबालिकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने निर्णय गरेकी हुन् ।

 

जुम्लाको हिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दर लक्ष्मण शाहीले पदभार ग्रहण गरे लगत्तै गाउँपालिकाका सम्पूर्ण घरपरिवारका नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेका छन् । उनले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, गरिब विपन्न, अपाङ्गता भएका तथा असहाय व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

 

काभ्रे जिल्लाको रोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिम बहादुर वाईवा ‘ज्वाला’ले पदभार ग्रहण गरेलगत्तै ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने पहिलो निर्णय गरेका हुन्। रोशीमा ३ हजार दुई सयभन्दा बढी ज्येष्ठ नगारिकहरू छन् । उनीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क बीमा गर्ने पहिलो निर्णय गरिएको जनप्रतिनिधिहरुले बताएका छन् ।

 

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदबहालीका क्रममा अध्यक्ष विष्णु केसीले पालिकामा रहेका ६ हजार चार सय ६ घरपरिवारलाई प्रतिपरिवार तीन हजार पाँच सयमध्ये ५० प्रतिशत पालिकाले ब्यहोरिदिने निर्णय गरेका हुन् । यो निर्णयले पालिकाको वर्षेनी एक करोड १२ लाख रुपैयाँ बीमामै खर्च हुनेछ ।

 

बीमा योजना सार्वजनिक गर्नेमा उनिहरु मात्रै छैनन् । अन्य स्थानीय तहका प्रतिनिधिहरुले पनि बीमाको कार्यक्रामलाई आत्मसाथ गर्दै योजनाहरु सार्वजनिक गरिरहेका छन् । हेर्दा र सुन्दा राम्रो लाग्दै गर्दा कार्यान्वयको पाटोलाई भने हेर्न बाँकी छ । यसरी बीमाका कार्यक्रम मार्फत थोरै बीमा शुल्क भुक्तानी गरिदिएर धेरै मानिहरुलाई ठुलो रकमको लाभ पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम सार्वजनिक भएका हुन् ।

स्रोत: इन्स्योरन्स खबर

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९