मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित मोहन्याल माध्यमिक विद्यालय मा प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ।

 

शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार तथा सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा हाम्रो सेती साप्ताहिकका सम्पादक एवं पत्रकार बिरेन्द्र रावलले उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्दै आगामी दिनमा पनि शैक्षिक सहयोगलाई निरन्तरता दिने घोषणा गर्नुभएको छ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य विष्णा कसेरा विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा निवर्तमान वडा सदस्य टिकाराम घर्ती मगर, विद्यालयका प्रधानाध्यापक मानबहादुर पुन, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

यस वर्ष उत्कृष्ट अंक ल्याउन सफल कक्षा ५ मा अध्ययनरत विद्यार्थी विवेक घर्ती मगर ले ३.६७ जीपीए तथा कक्षा ३ मा अध्ययनरत छात्रा लक्ष्मी घर्ती मगर ले ३.९२ जीपीए प्राप्त गरेका थिए। उनीहरूलाई प्रमुख अतिथि रावलले जनही २ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्नुभएको थियो।

 

पुरस्कार वितरणपछि बोल्दै प्रमुख अतिथि बिरेन्द्र रावलले मोहन्यालका वास्तविकता केवल सडक, भवन र विकासका योजनाले मात्र परिवर्तन नहुने, शिक्षाको पहुँच र गुणस्तरले परिवर्तन ल्याउने बताउनुभयो। उहाँले भन्नुभयो, “आज पनि मोहन्यालका धेरै ठाउँमा विद्यार्थीहरू अभावसँग लड्दै विद्यालय जान्छन्। कसैसँग झोला छैन, कसैसँग शैक्षिक सामग्री छैन। कतिपयले खोला तरेर जोखिम मोलेर विद्यालय पुग्नुपरेको छ। यस्तो अवस्था देख्दा मलाई लाग्छ— सहयोग गर्ने ठाउँ यही हो। एउटा बालबालिकालाई पढ्न सहयोग गर्नु भनेको एउटा परिवार र एउटा समाजलाई उज्यालोतर्फ लैजानु हो।”
रावलले आफूले विगतदेखि नै विद्यार्थीका लागि निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “मैले कैलालीका झण्डै १३ सय विद्यार्थीलाई विभिन्न रूपमा छात्रवृत्ति तथा शैक्षिक सहयोग गरेको छु। बाल संगठनको नेतृत्व गर्दा १ सय २६ जना विद्यार्थीलाई पोशाक, शुल्क र आवश्यक सहयोग गरेका थियौँ। कतिपय विद्यार्थीसँग कपडा सिलाउने खर्चसमेत थिएन, त्यो व्यवस्था पनि गरेका थियौँ। यो सहयोग कुनै प्रचारका लागि होइन, भविष्यका लागि हो।” उहाँले पछिल्लो समय विद्यार्थीहरूमा बढ्दो मोबाइल निर्भरता प्रति चिन्ता व्यक्त गर्दै प्रविधिलाई सही दिशामा प्रयोग गर्न आग्रह गर्नुभयो। “मोबाइलमा संसार छ, तर विद्यार्थीले त्यहाँ ज्ञान खोज्न सिक्नुपर्छ। अहिले धेरै बालबालिका मोबाइलमा समय बिताइरहेका छन् तर पढाइसँग सम्बन्धित सामग्री कम हेर्ने गरेका छन्। समयलाई सही ढंगले उपयोग गर्ने बानी बसाल्नुपर्छ,” उहाँले भन्नुभयो। सोही अवसरमा हाम्रो सेती साप्ताहिक द्वारा प्रकाशित भित्ते पात्रो विद्यार्थी तथा अभिभावकलाई वितरण गरिएको थियो। रावलले मोहन्याल क्षेत्रभर ५ हजार प्रति भित्ते पात्रो वितरण गरिने जानकारी दिँदै यसले अभिभावक र विद्यार्थीलाई समय व्यवस्थापन तथा सचेतनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

 

पुरस्कार ग्रहणपछि विद्यार्थी विवेक घर्ती मगरले आफूले पहिलोपटक यस्तो सम्मान पाएको बताउँदै यो पुरस्कारले अझ मेहनत गर्ने प्रेरणा दिएको प्रतिक्रिया दिनुभयो।
“म निकै खुसी छु। अब अझ धेरै मेहनत गरेर विद्यालय र जिल्लामै उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्छु, उनले भने।
त्यस्तै छात्रा लक्ष्मी घर्ती मगर ले मेहनतको मूल्यांकन हुँदा पढाइप्रति झन् उत्साह बढेको बताइन्। “राम्रोसँग पढेपछि सम्मान पाइँदो रहेछ भन्ने अनुभव भयो। अब अझ राम्रो गर्ने लक्ष्य राखेकी छु,” उनले भनिन्।

 

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर अधिकारीले यस्ता सम्मान र प्रेरणाले विद्यार्थीमा प्रतिस्पर्धा र आत्मविश्वास बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षा नै समाज परिवर्तनको आधार हो। विद्यार्थीलाई सम्मान गर्ने संस्कार बढ्दै जाँदा भविष्यमा अझ राम्रो परिणाम आउने विश्वास छ। बिरेन्द्र रावलज्यूले देखाउनुभएको यो भावना प्रशंसनीय र अनुकरणीय छ।”

 

२०५६ सालमा स्थापना भएको मोहन्याल माध्यमिक विद्यालयमा हाल ३४१ जना विद्यार्थी अध्ययनरत छन् भने १६ जना शिक्षक–शिक्षिका कार्यरत छन्। कार्यक्रमको सञ्चालन शिक्षक सुरेन्द्र मल्लले गर्नुभएको थियो।

 

अभावका बीच उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई गरिएको यो सम्मानले मोहन्यालमा शिक्षा केवल पढाइको विषय नभई आशा, प्रेरणा र भविष्य निर्माणको अभियान बन्न सक्छ भन्ने सन्देश दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९