कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

 

सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की, टीकापुर, भजनी लगायत स्थानमा अडिसन सञ्चालन गरिनेछ भने सुदूरपश्चिमका अन्य जिल्लाबाट समेत सहभागिता जनाउन सकिनेछ ।

 

प्रतियोगितामा नेपाली गीत–संगीतमा आधारित नृत्य प्रस्तुति अनिवार्य गरिएको छ । पुराना तथा नयाँ नेपाली गीतहरू प्रयोग गर्न पाइने भए पनि आइटम गीत प्रयोग गर्न नपाइने नियम रहेको सञ्चालक बुढाथोकीले जानकारी दिनुभयो । सहभागीहरूले विभिन्न जातजाति तथा संस्कृतिमा आधारित पोसाक र प्रस्तुति दिन सक्नेछन् ।

 

अडिसन चरणमा सहभागीहरूले १ देखि १.५ मिनेटसम्मको नृत्य प्रस्तुति दिनुपर्नेछ। त्यसपछि मेगा राउन्ड, कोरियोग्राफी राउन्ड, अतिरिक्त चरण हुँदै कुल ११ चरणमा प्रतियोगिता सञ्चालन गरिनेछ, जसमा सात चरण भोटिङ राउन्ड रहनेछ ।

 

कार्यक्रमका विभिन्न चरणमा फरक–फरक निर्णायक (जज)हरूको टोली रहनेछ । अडिसन चरणमा नयाँ पुस्ताका नृत्य प्रशिक्षक तथा कोरियोग्राफरहरूलाई अवसर दिइनेछ भने मेगा राउन्ड तथा अन्य चरणमा अनुभवी निर्णायकहरू रहनेछन्। अन्तिम फाइनल निर्णायकको भूमिकामा कलाकार राहुल शाह रहने आयोजकले जानकारी दिएका छन् ।

 

प्रतियोगितामा प्रथम हुनेले रु. १ लाख १ हजार, द्वितीयले रु. ५५ हजार ५५५ र तृतीयले रु. ३५ हजार ५११ प्राप्त गर्नेछन्। साथै विजेतालाई एक वर्ष निःशुल्क नृत्य प्रशिक्षण र भविष्यमा म्युजिक भिडियोमा अवसर दिने योजना समेत रहेको सञ्चालक बुढाथोकीले बताउनुभयो ।

 

कार्यक्रम सञ्चालन तथा समग्र व्यवस्थापन रोयल डान्स स्टुडियोका संस्थापक तथा कोरियोग्राफर पर्लभ बुढाथोकीले गर्नुभएको छ । उहाँले प्रतियोगिताको उद्देश्य युवाहरूलाई लागूऔषध तथा मोबाइल लतबाट टाढा राख्दै उनीहरूको प्रतिभा उजागर गर्नु रहेको बताउनुभयो ।

 

जज सन्तोष अवस्थीले यस्ता कार्यक्रमहरू प्रतिभा विकाससँगै सिकाइ र सांस्कृतिक प्रवद्र्धनका महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले यसअघि पनि रोयल डान्स स्टुडियोको आयोजनामा सम्पन्न घोडाघोडी नगर स्तरीय डान्स प्रतियोगितादेखि नै आफू जोडिँदै आएको उल्लेख गर्दै आयोजकप्रति आभार व्यक्त गर्नुभयो । उहाँका अनुसार नृत्यमार्फत बालबालिकामा अनुशासन, आत्मविश्वास र आपसी सम्मान विकास हुन्छ ।

 

त्यस्तै, जज दिनेश बोहराले अहिलेका बालबालिकाले आफ्नो मौलिक प्रतिभा पहिचान गर्न आवश्यक रहेको बताउँदै यस्ता प्रतियोगिताले प्रतिभा पहिचान र विकासमा सहयोग गर्ने धारणा राख्नुभयो ।

 

पत्रकार सम्मेलनमा हास्य कलाकार तथा सल्लाहकार दीपेन्द्र वलीले यस्ता कार्यक्रमहरूले युवाहरूलाई मोबाइलको लत तथा लागुऔषधजस्ता कुलतबाट टाढा राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रतियोगिताको अडिसन जेठ २३ गतेबाट सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९