अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम

जनकपुरधाम, वातावरणीय मानव अधिकार रक्षकको एक समूहले मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।अस्पताल तथा स्वास्थ्यचौकीबाट निस्कने फोहरको उचित व्यवस्थापनको माग गर्दै उहाँहरुको समूहले वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र धनुषा जिल्ला प्रशासन कार्यालयमा ११ बुँदे सुझाव पत्र प्रस्तुत गरेका हुन् । अवगत पत्र बुझ्दै मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले नागरिक समाजको सक्रियताले सरकारलाई थप जिम्मेवार बन्न सहयोग मिलेको बताउनुभयो ।
टोलीले जनकपुरधामका अस्पताल, क्लिनिक, प्याथोलोजी प्रयोगशाला तथा ल्याण्डफिलसाइटको स्थलगत अनुगमन गरेको थियो । अवलोकन पछि तयार पारी बुझाएको प्रतिवेदनमा जैविक जोखिमयुक्त फोहरलाई सामान्य फोहरसँग मिसाएर व्यवस्थापन गरिएको उल्लेख छ ।  फोहरको वैज्ञानिक वर्गीकरण नभएको तथा सुरक्षित ढुवानी र अन्तिम व्यवस्थापन कानुनी मापदण्डअनुसार नभएको पाइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवानले जानकारी दिनुभयो ।  नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ ।

 

 

फोहर व्यवस्थापन ऐन, २०६८ तथा स्वास्थ्य संस्थाको फोहर व्यवस्थापन निर्देशिका, २०२० ले स्वास्थ्य संस्थाबाट निस्कने जैविक जोखिमयुक्त फोहरको वर्गीकरण, सङ्कलन, भण्डारण, ढुवानी र अन्तिम व्यवस्थापनका स्पष्ट मापदण्ड तय गरेका छन् । व्यवहारमा कानुनी प्रावधान पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा स्वास्थ्य संस्थाबाट निस्कने फोहर स्वयं सार्वजनिक स्वास्थ्य र वातावरणका लागि गम्भीर चुनौती बन्दै गएको छ ।मधेस प्रदेशको राजधानी जनकपुरधाम यस समस्याको प्रतिनिधि उदाहरणका रूपमा देखिएको छ । बिरामी उपचारका लागि अस्पताल पुग्छन् र स्वस्थ भएर घर फर्कने अपेक्षा गर्छन् ।उपचारपछि निस्कने जैविक जोखिमयुक्त फोहरको उचित व्यवस्थापन नहुँदा स्वास्थ्य सेवा प्रणाली नयाँ सङ्क्रमण र प्रदूषणको स्रोत बन्ने जोखिम बढिरहेको छ ।

 

 

जनस्वास्थ्य विज्ञ डा कालीप्रसाद यादव प्रयोग भइसकेका सिरिन्ज, सुई, रगतले दूषित सामग्री, प्रयोगशालाका नमुना, शल्यक्रियापछि निस्कने जैविक पदार्थ तथा औषधिजन्य अवशेषजस्ता फोहर सामान्य फोहरभन्दा धेरै जोखिमयुक्त हुन्छ, भन्नुहुन्छ ।   उक्त सामग्रीको वैज्ञानिक व्यवस्थापन नभए हेपाटाइटिस–बी, हेपाटाइटिस–सी, एचआइभी तथा अन्य सङ्क्रामक रोग फैलिने सम्भावना रहन्छ । स्वास्थ्य सेवा विस्तारसँगै जनकपुरधाम क्षेत्रमा स्वास्थ्य संस्थाको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ ।

 

 

 

जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार साहले उपमहानगरपालिकाअन्तर्गत २६ र प्रदेश सरकारअन्तर्गत ५० भन्दाबढी स्वास्थ्य संस्था सञ्चालनमा छन् ।  जनकपुरधाम उपमहानगरपालिकाले वडा नं १९ मा डम्पिङसाइट स्थापना गरी नगरको फोहर व्यवस्थापन गर्दै आएपनि स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहरका लागि छुट्टै वैज्ञानिक प्रणालीको आवश्यकता देखिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९