बिहिबार, अशोज १७, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

मोहन्याल गाउँपालिकाका जनताका लागि सरकार दियो एम्बुलेन्स

धनगढी/सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको मोहन्याल गाउँपालिकालाई एम्बुलेन्स सेवाको सुरुवात गरेको छ । सुदुर पश्चिम प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रदेश सरकार अन्तरगत स्वास्थ्य कार्यलयले खरिद गरी गाउपालिका लाई हस्तान्तरण गरिएको छ ।

 

 

 

जिल्ला स्वास्थ्य कार्यालय कैलालीको व्यवस्थापनमा धनगढीमा सुदुर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले मोहन्याल गाउँपालिकाका कार्य बाहाक अध्यक्ष पुजा देबी बुढामगर लाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरण पछि मन्त्री खड्काले जनाताको स्वास्थ्य शिक्षाको क्षेत्रमा अनवरत रुपमा सेवा सुविधा पुर्याउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । यस्तै प्रदेश मातहतमा रहेका विभिन्न अस्पतालहरुको स्तर बृद्धि गर्दै दक्ष चिकित्सकको व्यवस्थापन गर्ने उनले बताए । 

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा स्वास्थ्य कार्यलयका  प्रमुख श्री लाल बहादुर धामीले एम्बुलेन्सको सहि तवरले ,ग्रामिण क्षेत्रमा रहेका नागरिकको स्वास्थ्य सेवामा केन्दित रहेर एम्बुलेन्स बाट सेवा प्राप्त गर्ने छन सहि उचित व्यवस्थित प्रभावकारी तवरले एम्बुलेन्स संचालनमा ल्याउनु होला भनि स्वास्थ्य कार्यलयका प्रमुख धामीले बताउनु भयो ।

मोहन्याल गाउँपालिकाका सबै वडाहरू एम्बुलेन्स सेवाबाट लाभान्वित हुने मोहन्याल गाउँपालिका कार्य बाहाक अध्यक्ष बुढामगरले बताइन् । 
 ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation