बिहिबार, अशोज १७, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

नेपाली कांग्रेस बर्दगोरियाको आयोजनामा होली मिलन कार्यक्रम हुने

बौनियाँ, कैलाली / रङ्गै रङ्गको पर्व होली पर्वले आपसि सद्भाव र एकताको प्रतिक मानिने होली पर्व कैलालीमा नेपाली कांग्रेस बर्दगोरिया गाउँकार्यसमितिको आयोजनामा होलि मिलन कार्यक्रम यस पटक पनि मनाउने तयारीमा जुटेको छ ।

फागु पर्व नजिकिदै जाँदा कैलालीका बजार परिसरमा होली मिलन समारोहमा तीब्रता छाएको छ । आजभोली विभिन्न राजनीतिक दल, समाजिक संस्था, युवा क्लवहरु दिनहुँ होली मिलन समारोह गरिरहेका छन् । आफना ईष्टमित्रलाई बोलाएर अबिर लगाउने, होली गीत गायन हुने र खाजा पछि समापन हुने होली मिलनको विशेषता रहने गरेको छ । प्रत्येक दिन एक दर्जन भन्दा बढी यस प्रकारको कार्यक्रम हुने गरेको देखिएको छ ।

बौनियाँ बजार (पुरानो पार्टी कार्यालयको अगाडि पट्टि ) चैत ३ गते बिहिबार बिहान ११ बजे आयोजना गरिएको होली विशेष कार्यक्रममा विभिन्न कैलाली क्षेत्र नम्बर (२) का सम्पूर्ण नेता तथा अगुवा कार्यक्रता महासमिति सदस्य पुर्व महासमिति सदस्य ,महाधिवेशन प्रतिनिधि ,पुर्व महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमितिका सदस्य पुर्ब जिल्ला  कार्यसमिति सदस्य ,क्षेत्रिय कार्यसमिति परिवार ,दुबै प्रदेश कार्यसमिति परिवार ,नगर तथा गाउकार्यसमिती परिवार  भातृ तथा शुवेच्छुक सस्थाका सम्पुर्ण पदाधिकारी ज्युहरु लाई कार्यक्रममा उपस्थित हुन बर्दगोरिया गाउँकार्यसमितिका सचिव जगत बहादुर शाहीले अनुरोध गर्नु भएको छ । 

उनी भन्छन बर्दगोरिया गाउँकार्यसमितिले बिगतका बर्ष देखीनै मनाउदैँ आएको होली मिलन यो बर्ष अल्ली प्रिथक र शान्तीपूर्ण बनाउने प्रयासमा लागेका छौ ।  एकआपसमा रंग साटासाट गर्नुका साथै आत्मियता र भाईचराको सम्बन्धमा थप सुमधुर पन ल्याउन र बर्ष दिनभरिको पिडालाई एकदिन रंगीन बनाई मनलाई शान्त बनाउन होली अर्थात फागु पुर्णिमाको दिनलाई लिइन्छ । 

कैलालीमा यस बर्ष पनि बिभिन्न ठाउँमा होली कार्यक्रमको तयारी भैरहेको छ । कैलाली बासी आमाबुवा दाजु भाई एबम दिदिबहिनीका साथै बिभिन्न पेशाब्यवसायमा संलग्न सबैमा उपस्थिती भई होली मिलन कार्यक्रमलाई सम्पन्न गर्न समेत आग्रह सचिव शाहीले गर्नु भएको थियो ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation