बर्दगोरियामा झपट रावलको पहलमा ३ वटा झोलुङ्गे पुल बन्ने

बौनियाँ/कैलालीको बर्दगोरियामा चालू आर्थिक वर्षमा ३ वटा झोलुङ्गे पुल बन्ने भएका छन् । यस क्षेत्रका प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलको पहलमा सङ्घीय सरकारको लगानीमा पालिकाको वडा नम्बर ३ र २ जोड्ने कुइरा नदी, वडा नम्बर ३ र ४ जोड्ने काडा नदी र वडा नम्बर ६ र घोडाघोडी नगरपालिका वडा नम्बर ३ जोड्ने काडा नदीमा पुल निर्माणको काम सुरु हुने भएको हो ।

 

करिब ३ सय मिटर बढी लम्बाई रहेको वडा नम्बर ३ र २ जोड्ने पुल निर्माणका लागि ससपेन्सन ब्रिज डिभिजनले टेन्डर आह्वान गरिसकेको छ भने एक सय मिटर बढी लम्बाई रहेका अन्य दुई वटा पुल निर्माणको काम उपभोक्ता समिति मार्फत अघि बढ्ने भएको छ । यसको प्रक्रिया अघि बढाउन स्थानीय पालिकाले सुदूरपश्चिम सामुदायिक विकास मञ्च धनगढी सँग सम्झौता गरेको छ ।

डिभिजन मार्फत निर्माण हुने पुल कार्तिक महिनाबाट निर्माण कार्य सुरु गर्ने गरी काम अघि बढेको बताइएको छ । भर्खर टेन्डर खोलेका छौ । पुल निर्माणको काम कार्तिक महिनाबाट सुरु गर्ने गरी अघि बढेका छौ । डिभिजनले भन्यो,। निर्माण सम्पन्न कहिले हुन्छ भन्ने विषयमा थप लगानी, निर्माण कम्पनीको सक्रियता र त्यहाँका स्थानीयहरूको निगरानीमा भर पर्छ ।”

यता पालिका मार्फत बन्ने अन्य दुई वटा पुल निर्माणको प्रक्रिया भने अघि बढेको छैन । प्रतिकुल मौसमको अभावले काम अघि बढ्न नसकेको र अब चाडै स्थलगत अनुगमन गरी डिजाइन स्टिमेट तयार पार्ने सुदूरपश्चिम सामुदायिक विकास मञ्च धनगढीले जनाएको छ । हामीले सामाजिक तथा प्राविधिक सहयोग गर्ने हो । विकास मञ्चका अध्यक्ष गणेशमान श्रेष्ठले भने,।।। “पुलको स्टिमेट तयार पारि पालिकामा पेस गर्छौ र पालिकाले उपभोक्ता समिति गठन तथा आवश्यक कच्चापदार्थका लागि टेन्डर आह्वान गर्ने हो ।” पुलका लागि आवश्यक थप लगानीका लागि समेत पालिकाले माथिल्लो निकायमा अनुरोध गर्नु पर्ने उनको भनाइ छ ।

यस क्षेत्रका नागरिकहरूले पुल अभावमा बर्षौ देखि समस्या भोग्दै आएका छन् । पुल अभावका कारण सिकिस्त बिरामी तथा नदी तर्नै पर्ने बाध्यताका कारण जोखिम मोल्ने धेरैले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यात्मक अवस्था रहेको छ । यो समस्या समाधानका लागि यस क्षेत्रका नागरिकहरूले बारम्बार सरकारलाई आग्रह गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९