बाैनियाँ-बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ काे कार्यलयकाे समन्वयमा इपिडिमियाेलाेजि तथा राेग नियन्त्रण माहाशाखा टेकु काठमाडौं काे आर्थिक सहयाेगमा प्राप्त औलाे नियन्त्रण कार्यक्रम अन्तरगतकाे निशुल्क झुल वितरण कार्यक्रम शुक्रबार बाट वडा नम्बर ४ मा सुरु भएको छ ।
साे कार्यक्रम अन्तरगत आज र भाेलि गरेर ५००० थान सुपानेट झुल वितरण गरिने वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहिले जानकारी दिनु भएको छ । शुक्रबार आज सुन्दरपुर र निमुवाबाेझिमा बाढियकाे झुल सनिवार नाैनिया,पुरैनताल क्षेत्रमा वितरण गरिने अध्यक्ष शाहीले वताउनु भएको छ ।
निर्वाचन लड्दै गर्दा नेपाल सरकार बाट प्राप्त हुने कुनै पनि सेवा सुबिधा नलिने भनेर चर्चामा आयका वडा नम्बर ४ का वडा अध्यक्ष शाहि पदभार ग्रहणकाे केही दिनमै मुडा बजार स्थित खेल मैदान बजार सफाई गरेर थप चर्चा पाउन सफल भएका थिय। शाहिका यस्तै कार्यहरुले शाहीले आफ्नो कार्यकाल स्वर्णिम बनाउनमा आफुहरु बिस्वस्त रहेको स्थानिय हरुले बतायका छन् ।






























































































































































