काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोनाभाइरस ९कोभिड–१९० पोजिटिभ देखिएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीनेपाल प्रहरीको स्वाब परीक्षण गर्दा सशस्त्रका ७ र नेपाल प्रहरीका २ जना गरी ९ सुरक्षाकर्मीहरुमा कोरोना पोजिटिभ देखिएको हो ।
पीसीआर परीक्षणको रिपोर्टमा पूर्वप्रधानमन्त्री नेपालको परिवार सबैको नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ ।
माधव नेपालका परिवारले तीन पटकसम्म स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिसकेका छन् ।
यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस ९कोभिड–१९० पोजेटिभ देखिएको थियो ।