नेपाल जोखिममा भारतमा सङ्क्रमण बढ्दै

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएका केसमध्ये भारत हुँदै नेपाल प्रवेश गर्नेमा पनि देखिन थालेको छ । नेपालभित्र पुष्टि भएका केसभन्दा सीमानाकामा देखिएका केसले केही दिन यता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दास बताउँछन् । आइतबार १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, गत २२ गते १३ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने २३ गते २१ जना सङ्क्रमित भएका थिए । यस्तै, क्रमशः २३ गते २१ जना, २४ गते २८ जना, २५ गते १६ जना, २६ गते २२, २७ गते १७ र जेठ २८ गते शनिबार १७ जनामा सङ्क्रमण भएको थियो । सङ्क्रमितको सङ्ख्या गएको केही दिनयता २/४ वटा केसले कहिले बढ्ने/घट्ने भइरहेको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । सानो सङ्ख्या तलमाथि हुँदा तत्काल सङ्क्रमितको सङ्ख्या बढेको भन्न मिल्ने अवस्था नरहेको उनी बताउँछन् ।

 

 

 

भारतमा कोरोनाभाइरस सङ्क्रमण दर बढेसँगै नेपालमा पनि सङ्क्रमणको उच्च जोखिम रहने गर्छ । गएको २४ घण्टाको आँकडा केलाउँदा पनि छिमेकी राष्ट्र भारतमा तीव्र गतिमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ भने दैनिक आठ हजार जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्रमा देखिएको छ जहाँ २९२२ मा सङ्क्रमण पुष्टि भएको छ । 

 

 

अघिल्ला कोराना महामारीका लहरमा भारतमा सङ्क्रमण दर उच्चविन्दूमा पुगेको तीन सातापछि नेपालमा पनि तीव्र रूपमा सङ्क्रमितको दर बढ्दै गएको देखाएको ईडीसीडीका निर्देशक डा. दास बताउँछन् । त्यसैले भारतमा कोरोना सङ्क्रमण दर बढी रहँदा नेपालमा पनि सङ्क्रमणको उच्च जोखिम कायम रहेको उनको भनाइ छ ।

 

 

 

 

 

भारतबाट सङ्क्रमित भई आउनेको अवस्था कस्तो छ ?

 

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. दासले स्वदेशमा सङ्क्रमित भएकाभन्दा धेरै भारत हुँदै नेपाल प्रवेश गर्नेमा सङ्क्रमण देखिएकाले केही दिनयता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो देखिएको बताउँछन् । नेपाल–भारतका १४ वटा सीमा नाकामध्ये बेलहीया हुँदै आउनेहरूमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको उनले बताए । यस्तै ,लुम्बिनी प्रदेशका विभिन्न नाका अनि कृष्णनगर नाका हुँदै आउनेहरूमा कोरोना सङ्क्रमण भएको देखिएको छ । ती नाका हुँदै आउने निरन्तर रूपमा दुई/तीन जनामा सङ्क्रमण देखिएको उनले बताए । यस्तै, सुदूरपश्चिमका नाका पनि फाट्टफुट्ट मात्रै सङ्क्रमण देखिएको छ । 

 

 

‘नेपालभित्र केस बढेको देखिदैँन,’ उनले भने, ‘भारत हुँदै आउने विभिन्न बाट तीन/चार, तीन/चार जनामा सङ्क्रमण देखिएको छ नेपालमा सङ्क्रमित बढेका छैन । ’ 

 

 

भारत हुँदै नेपाल प्रवेश गर्नेहरूमा कोरोना सङ्क्रमण पुष्टि भए पनि उनीहरूलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको निर्देशक डा. दास बताउँछन् । उनी भन्छन्, ‘उहाँहरूलाई हस्पिटलाइज हुनुपर्ने अवस्था आयो भने तत्काल उपचार हुन्छ, अस्पतालहरूलाई तयारी अवस्थामा रहन सर्कुलर गरी सकिएको छ ।’

 

 

 

सङ्क्रमितको जिनोम सिक्वेन्सिङ भइरहेको छ ?

 

भारतीय सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने र नेपालमै बस्नेहरूमा पुष्टि भएका सङ्क्रमितमा नयाँ भेरियन्ट उत्परिवर्तन भएको छ वा छैन भन्ने प्रश्न उब्जिएको जनस्वास्थ्यविद्हरू बताउँछन् । भारतमा निकै सङ्क्रामक भनिएको ओमिक्रोन भेरियन्टको बीए.४ र बीए.५ सब–भेरियन्ट फेला परिरहेको छ । ईडीसीडीका निर्देशक डा. दासले हालसम्म भारतबाट आउनेहरूमा सङ्क्रमित देखिएका नमुनाको जिनोम सिक्वेन्सिङ गरिरहेको दाबी गरेका छन् ।

 

उनी भन्छन्, ‘हालसम्म जिनोम सिक्वेन्सिङ गर्दा बीए.२ ओमिक्रोन नै देखिएको छ । पछिल्ला तीन दिनयता सीमा नाकामा परीक्षण गर्दा पोजेटिभ भएका नमुनाको जिनोम सिक्वेन्सिङ भइरहेको छ । जिनोम सिक्वेन्सिङ लागि ल्यावमा पठाइएको अबको तीन/चार दिनमा पुनः कुन भेरियन्ट भनेर थाहा पाउँछौँ ।’

 

सबै नाका कडाइ 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतमा कोरोना सङ्क्रमितको बढ्दै जाँदा नेपाल भारत सीमा नाकाहरू निगरानी बढाइएको जनाएको छ । भारतमा सङ्क्रमण दर बढेसँगै हवाई यात्रा गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न निर्देशन दिइएको छ । नेपालले भारतमा सङ्क्रमण बढेपछि १४ वटा सीमा नाकामा सजगता अपनाउनसमेत निर्देशन दिइएको डा. दास बताउँछन् । सीमा नाकामा परीक्षणलाई सक्रिय बनाइएकाले नै सङ्क्रमितको बढेजस्तो देखिएको हो । सङ्क्रमणको जोखिम कायम रहेकाले सबै नाकाहरूमा कोरोना परीक्षणलाई सक्रिय परिएको उनी बताउँछन् । भविष्यमा कोरोना सङ्क्रमितको दर बढ्दै गई अस्पताल भर्ना गर्नुपर्ने अवस्था सिर्जना भएको खण्डमा सबै अस्पतालहरूलाई तयारी रहन निर्देशन दिइने उनले बताए । सरकारले विगतका कोरोनाका लहरबाट पाठ सिकेकाले आवश्यकताका आधारमा सबै तयारी अवस्था रहेको उनी बताउँछन् । जुन ठाउँमा कम परीक्षण गरिएको ती ठाउँमा सक्रियता बढाइएको उनको दाबी छ । 

 

अघिल्ला लहरमाभन्दा जोखिम कम हुने आङ्कलन

 

छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमितको दर बढी रहँदा नेपालमा उच्च जोखिम रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् । यद्यपि नेपालमा सङ्क्रमण दर अघिल्ला लहरभन्दा कम हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्व प्रमुख डा बाबुराम मरासिनी बताउँछन् । धेरै जनताको पहुँचमा खोप पुगेकाले जोखिम कम हुन सक्ने अनुमान लगाउँछन् । उता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि भारतमा सङ्क्रमण दर बढेसँगै नेपालमा जोखिम कायम रहे पनि विगतका लहरहरूले देखाए पनि फैलावट र सङ्क्रमितको स्वास्थ्यमा गम्भीरतामा कम ल्याउन सक्ने अनुमान लगाउँछन् । 

 

‘भारतमा सङ्क्रमण पुष्टि भएकाहरूमा पुरानै भेरियन्ट र नेपालमा पुष्टि भएकाहरू पनि पुरानै भरियन्ट देखिएमा दोस्रो लहरमा जस्तो अवस्था सृजना हुँदैन कि’ उनी भन्छन्, ‘यसो भनिरहँदा कोरोनाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमणको उच्च हुन्छ ।’

 

यस्तै, हालसम्म कोरोना सङ्क्रमण नभएका व्यक्तिहरू पनि सङ्क्रमणको जोखिम रहन्छ । 

 

 

 

डा. मरासिनीले भारतभन्दा नेपालमा धेरैले कोरोनाविरुद्धको खोप लगाएका र धेरै जना सङ्क्रमित भएकाले सङ्क्रमित भए पनि स्वास्थ्यमा जटिलता कम आउन सक्ने अनुमान लगाउँछन् । यदि भावी दिनमा भेरिएन्ट पुनः उत्परिवर्तन भई हाल लगाइरहेका खोपलाई छल्ल सक्ने अवस्था आएमा मात्रै समस्या निम्तन सक्ने उनीको भनाइ छ । 

 

छिमेकी राष्ट्र भारत र चीनमा कोरोना सङ्क्रमण दर बढिरहँदा खोप लगाएका नलगाएका सबैले सावधानी अपनाउन अतिआवश्यक भएको मन्त्रालयका सह प्रवक्ता डा. अधिकारी बताउँछन् । कोरोना सङ्क्रमण जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्डहरू निरन्तर रूपमा पालना गर्न अति आवश्यक रहको उनले बताए ।  

 

अनिवार्य रूपमा खोप लगाउन आग्रह 

 

नेपालमा खोप उपलब्धता भए पनि अझै पनि कोरोनाविरुद्धको खोप नलाउनेहरू पनि छन् । सबैभन्दा बढी सङ्क्रमण हुने जोखिम खोप नलगाउनेहरूलाई हुन्छ । कोरोनाविरुद्धको खोपको अभियान निरन्तर चलिरहेकाले खोप नलगाएकाहरूलाई खोप लगाउन मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले आग्रह गरेका छन् । 

 

‘जसले पहिलो मात्रा मात्रै लगाउनु भएको छ दोस्रो मात्रा पनि लगाउनुहोस्, दुवै लगाएर बुस्टर मात्रा लगाउन बाँकी रहेकाले पनि तत्काल खोप लगाउनुहोस्,’ उनी भन्छन् ।

 

यस्तै, कोरोना सङ्क्रमितको सङ्ख्या कम भयो भन्दैमा खोप लगाउन बाँकी रहेकाले खोप लगाउन छाड्न नहुने डा. पुनको भनाइ छ । सरकारले खोपको पहुँचमा नपुगेको ५ वर्षदेखि ११ वर्षसम्म बालबालिकालाई असार महिनाको ९ गतेदेखि कोरोनाविरुद्धको खोप दिइने तयारी गरिरहेको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत नेपालले बालबालिकाका लागि फाइजर प्राप्त गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ । देशभरका विद्यालयहरूमा खोप केन्द्र तोकेर दुई चरणमा खोप दिन लागिएको छ ।  

 

 

 

नेपालमा कति खोप लगाउन बाँकी ?

 

नेपालमा अझै पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन ३२.६ प्रतिशत बाँकी छन् । कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । जसमा पूर्णमा मात्रा खोप ६८.४ प्रतिशतले लगाएका छन् भने कम्तीमा एक मात्रा ७७.० प्रतिशतले लगाइसकेका छन् । यस्तै, १२ वर्षमाथिका लक्षित समूह दुई करोड ३३ लाख २७ हजार ६१९ रहेका छन् । जसमा ८५.७ प्रतिशतले पूर्णमा मात्रा र ९६.३ प्रतिशतले एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, बुस्टर डोज भने ५२ लाख ४ हजार १९३ जनाले लगाइसकेका छन् ।

 

यस्तै सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दुई चरणमा फाइजर खोप दिइने भएको छ । तोकिएको २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने मन्त्रालयले जनाएको छ । खोप लगाउन बाँकी रहेका ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा दिइने भएको छ । 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

प्रतिनिधिसभा बैठक : ऊर्जादेखि महिला उत्थानका विषयसम्म चर्चा

काठमाडौँ,    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले ऊर्जा निर्माणदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्व्यन हुनुपर्नेमा जोड दिनुभएको छ ।बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जाबिना कुनै पनि विकास निर्माण सम्भव नहुने बताउँदै तत्काल सनसेट ऐन ल्याइ कार्यान्व्यन गर्न आग्रह गर्नुभयो । सांसद भूमिका सुब्बाले राष्ट्रपति...

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ,  काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ ।उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ,  प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ  । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर,  चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९