बिहिबार, बैशाख १३, २०८१

बर्दगोरिया धाम माघी मेला स्थगित/भेरियन्ट ओमिक्रोनको प्रभाव

बौनियाँ,कैलाली/कैलालीको बर्दगोरिया धाम माघी मेला स्थगित भएको छ । बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चले पुष महिनाको २८ गते देखि २ गते सम्म आयोजना गर्न लागेको माघी मेला एक दिन अगाडी मात्रै कोरोना महामारीको कारण देखाउँदै स्थगित गर्न लागिएको हो ।

 

बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चका अध्यक्ष रामनारायण थारुले कोरोना महामारी बढ्दै गएकाले माघी मेलामा कोरोना फैलाउने स्थल नबनोस भनेर स्थगित गर्न लागिएको बताए ।

उनले माघी मेलाका लागि सबै तयारी पुरा भएको भएपनि स्वास्थ्यलाई ध्यानमा राखेर स्थगित गरिएको बताए । उनले हाल मेलाका लागि तयार गरिएका संरचना पनि कार्यसमितिको बैठकबाट निर्णय गरेर हटाइने बताए ।

माघी मेलामा कैलाली क्षेत्र नं २ का संघीय सांसद झपट रावलले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation