शनिबार, मंसिर २२, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरिया गाउँपालिका भरिका ४ हजार ७ सय विद्यार्थीले लगाए कोरोना विरुद्धको खोप 

बौनियाँ , कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा विद्यार्थीहरुका लागि संचालित कोभिड – १ ९ विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म ४ हजार ७ सय ६७ जनालाई खोप लगाइएको छ । – गाउँपालिका भित्र संचालित सामुदायिक तथा संस्थागत ( निजी ) विद्यालयमा अध्यनरत १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाकालाई लागि यही माघ १८ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो ।

 

 

शुक्रबारसम्म पालिका भित्रका संचालित सामुदायिक तथा निजि विद्यालयका १२ देखि १७ वर्ससम्मका ४४६७ जना विद्यार्थीलाई कोरोना विरुद्धको पहिलो खोपको मात्रा स्वरुप मोर्डना र १८ वर्ष माथिका १६४ छात्रा र १३६ छात्र गरि ३ सय जनालाई जोन्सन खोप लगाइएको जनाइएको छ । मोर्डना खोपको पहिलो खोप लगाउनेमा २२७६ छात्रा र २१ ९ १ छात्र रहेको स्वास्थ्य शाखाको तथ्यांकमा उल्लेख छ ।

 

बर्दगोरिया गाउँपालिकामा १७ सामुदायिक र २३ निजि विद्यालय संचालनमा छन । खोप । लगाउन छुटेका बाकी विद्यार्थीलाई शनिबार पनि खोप लगाइने छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation