Baigyanik Media

Advertisment

SKIP THIS

पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि, लियोन पेनाल्टीमा पराजित

​​​​२०७७ साउन १७ गते १०:३२

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पीएसजीले लिग कपको उपाधि जितेको हो ।यस सिजन पीएसजीको यो तेस्रो उपाधि हो । पीएसजीले फ्रेन्च लिग वान र फ्रेन्च कपको उपाधि जितिसकेको छ ।पीएसजीका गोलकिपर केलर नाभासले लियोनका बेट्रान ट्राओरको पेनाल्टी प्रहार रोकेपछि पीएसजीले नवौं पटक लिग कपको उपाधि जितेको हो । लिग कप सर्वाधिक जित्ने टिम पनि पीएसजी नै हो । एक पटक उपाधि जितेको लियोन भने फाइनलमा पराजित भएको यो पाँचौ पटक हो ।निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेलमा दुवै तर्फबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।खेलको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । उनले डिबक्सभित्र पीएसजीका एन्जल डी मारियलाई फाउल गरेका थिए ।पाब्लो साराबियाले गरेको पेनाल्टी प्रहार नै पीएसजीलाई जिताउन निर्णायक बन्यो ।पेनाल्टी सुटआउटमा पीएसजीका लागि एन्जल डि मारिया, मार्को भेराट्टी, लिएनड्रो ड्यानिएल परेडेस, एन्डर हेरेरा, नेमार र पाब्लो साराबियाले गोल गरे । यस्तै लियोनका लागि जोचिम एन्डरसन, कार्ल टोको एकाम्बी, म्याक्सेन्स काकेरेट, थियागो मेन्डेस र हाउसेन आउरले गोल गरे । बर्ट्रान्ड ट्राओर गोल गर्न असफल रहे फाइनल खेल हेरनका लागि करिब ५ हजार दर्शक उपस्थित थिए । कोरोना महामारीपछि गत अप्रिलमा फ्रान्समा फुटबल गतिविधि बन्द गरिएको थियो । जुलाई पहिलो साता देखि दर्शकक सहितको फुटबल खेल्ने अनुमति प्राप्त भएपछि दर्शक उपस्थित भएको यो दवस्रो खेल हो ।यसअघि फ्रेन्च कपको फाइनलमा पीएसजीले सेन्ट एटिएनलाई १-० ले पराजित गर्दै उपाधि जित्दा पनि दर्शक उपस्थित भएका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation