शुक्रबार, कार्तिक २३, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

हङकङबाट आयो खड्काको पहलमा लिटिल स्टार ट्रेनिङ्ग सेन्टरलाई खेलकुद सामग्री 

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ का खेलाडीहरु लाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।सुदुर पश्चिम प्रदेशका भलीबल कप्तान जनक खड्का को पहलमा लिटिल स्टार ट्रेनिङ्ग सेन्टर बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनीलाई खेलकुद सामग्री सहयोग गरिएको हो ।

 

नेपालको भलिबल बिकाशका लागि सधैव आगाडि रहने नेपाल घर पोखराकी हाल हङकङमा कर्म थलो बनाउँदै आउनु भएकी शुस शाही ठकुरीले छ पिस भलिबल सहयोग गर्नुभएको अनमोल अनलाईन टेलिभिजन लाई कप्तान खड्काले जानकारी दिनुभएको हो ।बर्दगोरिया गाउँपालिका वडा न ३ का खेलाडीहरु लाई प्रोत्साहन गर्न खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।

 

बुधबार एक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका वडा न.३ मा सुदुर पश्चिम प्रदेशका भलीबल कप्तान जनक खड्काले लिटिल स्टार ट्रेनिङ्ग सेन्टर लाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा खड्काले सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी दातालाई धन्यबाद समेत दिनुभएको थियो ।

 

कप्तान खड्का बताउनु हुन्छ गाउँ ठाउँ देश राष्ट्रलाई चिनाउने खेलकुद नै भएकाले खेलकुद सबै अभिभावकले बालबालिकालाई स्वास्थ्यको लागि खेलेर राष्ट्रको लागि खेल भन्दै देशलाई चिनाउने बेला आएको बताउनु हुन्छ कप्तान खड्का बताउनुहुन्छ आफूले सिकेको शीप साना-साना बालबालिकालाई सिकाउन पाउँदा खुसी भएको समेत बताउनुभयो।खेलकुदका माध्यमबाट एउटा स्वास्थ समाज निर्माण गर्न सकिने भएकाले खेल खेल्नुपर्ने बताउनुभयो सबै नागरिक सँग एउटा न एउटा सीप हुने भएकाले जोसँग जुन सिप छ लुकाएर नराख्नुस समेत बताउनुभयो।हाम्रो अबको मान्यता स्थानीय स्तर बाटै राष्ट्रीय खेलाडी उत्पादन हुनुपर्छ भन्ने हो त्यही मान्यताका साथ खेल सामग्री प्रदान गरेका छौ ।

 

उनले भने लिटिल स्टार ट्रेनिङ्ग सेन्टरलाई खेलकुदका माध्यम बाट एउटा स्वास्थ्य समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तर वृद्धि गर्दै जान सक्ने भएकाले लिटिल स्टार ट्रेनिङ्ग सेन्टरलाई सहयोग गरिएको बताईएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation