आइतवार, फाल्गुन १३, २०८०

बालबाटिका क्रिकेट लिग-३ : सेमिफाइनल समीकरण पुरा 

बौनियाँ, कैलाली-बर्दगोरियामा जारी बालबाटिका क्रिकेट लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह (ए)बाट आयोजक बालबाटिका बिद्या मन्दिर र समूह उप बिजेता बन्दै लिटिल बुद्ध महेन्द्रनगर सेमिफाइनल पुगेको हो । यसै गरि समूह (बि) बाट समूह बिजेता बन्दै गुरुकुल इङलिस मेडियम स्कुल सेमिफाइनल पुगेको हो भने समूह उप विजेता बन्दै कर्णाली मा वि टिकापुर पनि सेमिफाइनल पुगेको हो । 

प्रतियोगिता अन्तर्गत सोमबार सेमिफाइनलका एक खेल संचालन हुने छ । पहिलो सेमिफाइनल खेल समूह (बि) को बिजेता गुरुकुल मेडियम स्कुल र समूह (ए) को उप बिजेता लिटिल बुद्ध महेन्द्रनगर बिच प्रतिस्पर्धा हुने छ । यसै गरि अर्को सेमिफाइनल खेल मंगलबार आयोजक बालबाटिका र समूह (बि) को उप बिजेता कर्णाली मा वि टिकापुर बिच प्रतिस्पर्धा हुने खेल संयोजक प्रमोद मल्लले जानकारी दिए । 

प्रतियोगिताको विजेता टिमले १ लाख ५१ हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले १६ हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलर र उदयिमान खेलाडिले समान १० हजार रुपैयाँ प्राप्त गर्ने छन । 

फागुन १७ गते बाट संचालन भएको प्रतियोगिता फागुन २५ गते समापन हुने छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation