पुलकै नाममा मीठो भजन गाउने मन्त्री सांसद जनप्रतिनिधि/ चुनावी नारा नै पुल र सेती लोकमार्ग/जनता भन्छन् जति जोगि आय कानै चिरिएको

बौनियाँ /कैलालीको मध्यवर्ती क्षेत्र मा रहेको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानिकुण्डाको नदीमा पुल नबन्दा आवात जावतमा समस्या उत्पन्न भएको छ ।पुल नबनेको वर्षौ बितिसक्दा समेत सम्बन्धित निकायले पुल निर्माणमा ध्यान दिन नसकेका कारण विद्यार्थीलगायत स्थानीयलाई आवात९जावत गर्न समस्या भएको हो।

चुरे पहाडबाट बगेर आउने भलले कुहिरा र काडा नदिमा पुल नहुदा स्थानीय बासिन्दालाई आवत जावत गर्न निकै अप्ठ्यारो भएको छ।​​​​​स्थानीय युवा साईनिग स्टार यूवा क्लवका अध्यक्ष मिलन ओली भन्नुहुन्छ। म पहाडदेखि तराई झरेको करिब १० बर्ष भयो,२०६७ साल असार १ गते साबिक को पंडौन वडा नं ९ कोल्तडी बाट तराई बसाई सरि आउदा ज्यानमारा कुइरा नदीमा पुल बन्ने चर्चा निकै सुनिन्थ्यो तर अहिले सम्म पुल बन्न सकेको छैन ।

त्यही नदी बाट ढुङ्गा,बालुवा,गिट्टी,माटो,दाउरा,घास , स्याउला ,घर बनाउने काठ जस्ता थुप्रै कुराहरु हामि सामु छ जसको प्रयोग बाट अरुले भरपूर लाभ लिए तर हाम्रो दैनिकी जिबनशैली मा कुनै परिवर्तन आएन आफुलाई अगुवा सम्झने केहि सिमित मानिसहरु आफ्नो स्वार्थ तिर नै ब्यस्त रहेको बताए ।

पूर्व,पश्चिम,उत्तर,दक्षिण चारै तर्फबाट नदिले घेरेको छ नदीका काऱण नदीको छेउछाउमा घर भएका कयौ घरपरिवार बिस्तापित भए जसका कारण उनीहरु छिमेकी राष्ट्र भारतमा बस्दै आएका छन।

वर्षातको नदिले म आफै पनि घोडाघोडी बहुमुखी क्याम्पस सुखड जादा धेरै पटक फर्कनु परेको थियो। बौनिया मा सामान लिन जाँदा होस वा कुनै सभा सम्मेलनमा सहभागिता हुदा कहिले काही नदीमा आएको बाढिका कारण बौनिया मै बास बस्नु पर्ने बाध्यता छ।

धेरै पटक मोटरसाइकिल त्यही नदीमा खराब भयो यस्ता तमाम दुःखहरु भोग्नु परेको छ। नदीका कारण म लगाएत यस ठाउँका हामि जनताहरू वर्षा किन आउँछ न आई दिए हुन्थ्यो सोच्छौ। उनले भने बर्षातको समय अघि नै ६ महिनाको लागि आवश्यक सर९सामान बजारबाट ल्याउनुपर्ने बाध्यता छ ।

यो समस्या उनको मात्र होइन बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानिकुण्डाका १२ सय घर धुरीसंगै महोन्याल गाउँपालिका वासीहरुको समेत समस्या उस्तै रहेको छ । चुरेको फेदीसँगै जोडिएको यो वडाको कुइरा नदीमा पुल निर्माण नहुँदा हरेक बर्ष मानवीय क्षति हुने गरेको छ ।

करिब ५ सय मिटर फराकिलो रहेको कुइरा नदीमा बर्षातको बेला आउने बाढी र भेलले स्थानीयलाई आवतजावतमा निकै समस्या हुने गरेको छ। वडाबासीले नदीका कारण यो समस्या वर्षौंदेखि भोग्दै आएका छन्। स्थानीय डिलारानाले भनिन्९ म २०३० सालदेखि यस वडामा बसोबास गर्दै आएकी छु त्यतिबेला पनि पुल को समस्या नै थियो अहिले पनि कायमै छ ।

उनले थपिन देशमा ठूला राजनीतिक परिवर्तन भए र वडाका जनताको सुविधाको लागि कुनै परिवर्तन हुन सकेको छैन । चुरे पहाडबाट बगेर आउने पानीले कुइरा नदीमा पानीको बहाव उच्च भएपछि नदी तर्ने क्रममा दर्जनौ मानिसहरूको मृत्युसमेत भइसकेको छ ।

स्थानीयका अनुसार नदी तर्ने क्रममा केही वर्षपहिले मोहन्यालको चायभावरका झाँक्री कामी, सोही वडाका नाउटे ढोली स्थानीय एक बालक लगायत दर्जनौंको मृ्त्यु भइसकेको छ।बर्षेनी दर्जनौं मानिसहरूको मृत्यु हुँदा समेत कसैको ध्यान पुग्न नसकेको स्थानीयहरुको दुखेसो छ। यसैगरी स्थानीय समाजसेवी मनऋषि आचार्यले नदीमा पुल नहुँदा स्थानीयहरुले नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताएका छन्।

कुनै जटिल खालको समस्या हुँदा बिरामी गर्भवती बालबालिकाको ज्यान जोखिममा रहेको बेला नदीले समस्या सिर्जना गर्ने गरेको उनले बताए । झुलुङ्गे पुल सम्म भएको भएपनि आवतजावतमा सहज हुने आचार्यले बताए। उनले भने देशमा शान्ति र संविधान आयो तर विकास र सम्वृद्धि आउन सकेन ।

हाम्रो क्षेत्रमा जनअपेक्षा अनुसार विकासले गति लिन सकेन, विकासका संरचना हरु निर्माण हुन सकेन। वर्षातको समयमा यहाँका स्थानीय नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। तर यहाँका स्थानीय नेताहरुबाट कुनै पहलकदम नभएको स्थानीय बासिन्दाहरुले महसुस गरेका छन्।

चुनावका बेला विकास र समृद्धिको नारा लिएर गाउँगाउँमा आउने नेता९कार्यकर्ताहरु चुनाव जितेर गएपछि फर्केर समेत आउँदैनन्। प्राकृतिक स्रोत साधनले प्रचुर सम्भावना बोकेको ठाउँ भएपनि स्रोतको समुचित प्रयोग हुन सकेको छैन।आचार्यले भन्नु भयो सेती लोक मार्ग सडकको निर्माणका लागि बिभिन्न दबाब मुलक कार्यक्रम सञ्चालन गरे पनि कुनै पहल नभएको बताउनु भयो ।

श्री नोबेल उच्च माध्यमिक विद्यालय बौनियामा अध्यानरत एक स्थानीय विद्यार्थी चद्र ढुंगाना भन्छन् यो बर्खा याममा नदिकै कारण म लगायत अन्य विद्यार्थी साथीहरु घर फर्कने गरेको बताउनु भयो। यही नदीका कारण धेरै क्याम्पस स्तरमा पढ्ने साथीहरु भारत लगायतका देशहरुमा कामको सिलसिलामा जानेगरेको उनले बताए।

सो नदीमा अधिकांश विद्यार्थी र सामान किनमेलका लागि मानिसहरु दैनिक ओहोरदोहोर हुन्छ। गाउँपालिकाको केन्द्र बौनिया बजारबाट तल्लापानी सम्म सोही नदी भएर विभिन्न यातायात का साधन गुड्ने गर्दछन्।

वर्षातको समयमा भने बालबालिकाका पढाइबाट बञ्चित हुने गरेको स्थानीय अस्मिन भण्डारीले बताए। उनले भने विद्यार्थीले १० कक्षा भन्दा माथिको शिक्षा हासिल गर्न बौनिया लगायतका ठाउँमा धाउनुपर्छ विद्यालयमा पढ्न जाने विद्यार्थी समेत विद्यालय जानबाट बञ्चित भएका छन्। करिब ६ हजार जनसंख्या रहेको वडाको चारैतिर नदी रहेको छ। पश्चिमतर्फ काँडा नदी छ भने पूर्वतिर कुइरा नदी रहेको छ । नदी कटानको समेत चपेटामा परेका स्थानीयको प्रमुख समस्याको रूपमा नदीको कुरा पुललाई लिने गर्दछन् ।

गाउँपालिका कै दुर्गम एवं जनसङ्ख्यामा धेरै रहेको उक्त वडामा स्वास्थ्य सेवा भएपनि सेवा सुविधा सम्पन्न छैन। साविक को दोदोधरा स्वास्थ्य चौकी पुग्न पैदल डेढ घण्टासम्म समय लाग्छ।

नदीमा पुल नभएकै कारण गर्भवती महिलाले वर्षातको बेला बाटोमा बच्चा जन्मनुपर्ने बाध्यता रहेको स्थानीय बर्दगोरिया गाउँपालिका वडा नं ३ रानिकुण्डाकी महिला स्वयंसेविका अविसरा टमट्टाले बताइन्। उनले आपतकालीन बिरामीलाई समेत वर्षातका बेला अस्पताल लैजान समस्या भएको बताइन्।

कुनै महिला दिदी बहिनी सुत्केरी उपचार गर्न पनि स्थानीयले उक्त नदी पार गर्नुपर्ने बाध्यता छ। स्थानीय सघ र प्रदेश निर्वाचनमा सबैले यसलाई चुनावी मुद्दा बनाएर चुनाव जिते स्थानीय बुद्धिजीवी भक्तबहादुर वन्तोलाले भने, तर हाल आएर कसैले वास्ता नै गर्दैनन्। वडा नम्बर ३ लाई स्थानीयले व्यंग्य गर्दै श्रीलङ्काको टाकुरा भन्ने गरेका छन्। पहाडमा पानी पर्यो भने हामीलाई बिरामी र विद्यार्थीको पिर पर्छ भनु हुन्छ ।

श्री जगदम्बिके भगवती माध्यमिक विद्यालय रानिकुण्डाका प्र।अ। नेत्र बहादुर खड्काले भनुभयो बौनिया बाट खैरेनिमा पढ्न आउने र जाने विद्यार्थी सधै बर्खामा त्यही खोलाले छेकिदा साना९साना नानि९बाबुहरु कतै शिक्षाबाट बञ्चित हुने त हैनन् भन्ने चिन्ता लाग्ने गरेको छ प्र.अ.खड्का बताउँनु हुन्छ।
जगदम्बिके भगवती माध्यमिक विद्यालयमा पढ्न आउने विद्यार्थी वडा नं १,२ र ४ बाट अध्ययन गर्न आउने विद्यार्थी हरु को संख्या रहेको भएपनि बर्खाको समयमा विद्यालय आउन नसक्दा कतै शिक्षाबाट बञ्चित हुने हुन् कि भन्ने ठूलो चिन्ता लागेको खड्का बताउँनु हुन्छ ।

उहाँले भन्नुभयो विद्यालयमा जम्मा १६ जना शिक्षक शिक्षिका रहे पनि आठ दश जना शिक्षक शिक्षिका बौनिया घर नै भएकोले बर्षातको समयमा त्यही नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए । विद्यार्थीलाई शिक्षा दिने शिक्षक शिक्षिका नै त्यही नदीमा छेकिनु पर्ने बाध्य भएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो सर्भे गरिसकेको झुलुङ्गे पुल एउटा बर्दगोरिया मन्दिर जोड्ने गरी र अर्को पुल वडा नं ४ नौनिया जोड्ने गरि सर्भे भइसकेको भनेर सुनिन्थ्यो अहिलेसम्म किन हुन सकेन कहिले सम्म हामी शिक्षक विद्यार्थी जनता वडा नम्बर ३ बासिन्दाहरू जोखिमपूर्ण यात्रा गर्नु पर्ने हो गाउँ गाउँमा सिंहदरबार आयो भन्छन नाममा मात्र सिमित रहेको समेत बताउनु हुन्छ ।

कुनै महिला दिदीबहिनीहरु सुत्केरी,सिकिस्त बिरामी, गर्भवती महिलालाई झन ठूलो समस्या वर्षौंदेखि भोग्दै आइरहेको समेत बताउनुभयो।हामीले पटक९पटक घचघच्याइरहेका छौ, हुन्छ भन्ने आश्वासन आउँछ तर हुँदैन वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनारले भने।

उनले आफू स्थानीय जनताको अभिभावक समेत भएकाले धेरैपटक पक्की पुलको र झुलुङ्गे पुनको निर्माण गर्न गाउँपालिका प्रदेश सरकार र केद्रिन्य सरकार नेता कार्यकर्ता हरुलाई घच्घच्याईरहेको बताउनुभयो।२०७६ साल फागुन महिनामा माननीय ज्यू ले झुलुङ्गे पुलको लागि सर्भे भइसकेको छ । सम्झौताको लागि पठाएको छु भन्नु भाको थियो ।

महामारी कोरानाका कारण कामलाई बाधा पुर्यायो । वडा अध्यक्ष सुनारले भन्नुभयो पुल बनेन भनेर चासो राख्नु राम्रो कुरा भएको बताउनुभयो यस विषयमा म पनि चिन्तित भएको बताउनु हुन्छ । वडा अध्यक्ष सुनारले मलाई इमान्दार स्वच्छ व्यक्ति भनेर विश्वास गरेर चुनाव बाट बिजय बनाएर पठाएकाले म दिनरात भोक निद्रा नभनि जनताको सेवामा लागिरहेको बताए मैले पटकपटक मन्त्री सांसद नेताहरुलाई यहाँका समस्या लिखित र मौखिक रुपमा बताएको छु ।उहाँले भन्नुभयो ।

सांसदलाई सेती लोकमार्ग को बारेमा सोध्दा वनको समस्या देखाउने गरेको उहाँले बताउनुभयो । मैले यहाँका व्यापारी जनताले नदीमा,पुल सडक,सेती लोकमार्ग को बारेमा सोधिरहेका छन् भनेको छु ।

मन्त्री सांसद लाई यस वडाको विकासका लागि नयाँ सडक,कलबट,खानेपानी,स्वास्थ्य,विद्यालयका,तटबन्धन को लागि म लगायत मेरो टिम लागि परेको बताउनु भयो ।

नदीका कारण मोहन्याल गाउँपालिकाको तल्ला पानी ,चायभावर,मूलेकारा लगायतका ठाउँबाट किनमेलका लागि बौनिया बजार आउने सर्वसाधारणलाई समेत सास्ती हुने गरेको छ। केन्द्रीय बजेटको लागत लाग्ने भएकाले सेती लोकमार्ग सडक खण्डमा पर्ने नदीमा कसैको चासो नगएको स्थानीयले बताउँदै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९