शुक्रबार, कार्तिक २३, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

पत्रकार र प्रहरी एक सिक्काका दुई पाटा हुन एसएसपी सिंह

सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मुकेश कुमार सिंहले पत्रकार र प्रहरी एक सिक्काका दुई पाटा भएको बताएका छन् ।

प्रदेश तालिम केन्द्र दिपायलले शनिबार आयोजना गरेको पत्रकारहरु संगको भेटघाट कार्यक्रममा बोल्दै एसएसपी सिंहले उक्त कुरा बताएका हुन् ।

पत्रकार र प्रहरीको पेशागत क्षेत्र फरक भएपनि हाम्रो कार्यगत क्षेत्र भनेको देश र जनताको सेवा गर्नु हो । त्यसैले पत्रकार र प्रहरीबीचको सम्बन्ध एक सिक्काका दुईपाटा जस्तो हुनुपर्छ एक पाटो बिना अर्को पाटो सम्भव हुदैन त्यसैले एक आपसमा दोहोरो सहयोग र समन्वय हुन आवश्यक रहेको एसएसपी सिंहले बताए ।

प्रदेश तालिम केन्द्रले गर्ने कार्यहरुको बारेमा पत्रकारहरुलाई जानकारी गराउदै एसएसपी सिंहले आफुले गर्ने काम जहीले पनि सेवामुखी निश्पक्ष, पारदर्शी हुनुका साथै पत्रकारहरुसंगको नियमित समन्वय सहकार्य रहने समेत बताए ।

तालिम केन्द्रबाट प्रवाह गरिने सेवाको बारेमा होस वा अन्य सुचनाहरुको सवालमा संचारकर्मिहरुलाई जतिबेला पनि सहज रुपमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।

पत्रकार भेटधाट कार्यक्रममा डोटी जिल्लामा विभिन्न संचारमाध्ययमा कार्यरत क्रियाशिल पत्रकारहरु र प्रहरी तालिम केन्द्रका प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

दिपायलमा प्रहरी तालिम केन्द्र स्थापनाकाल देखी हाल सम्म नयाँ कार्यालय प्रमुख आउँदा पत्रकारहरु संग भेटघाट कार्यक्रम राखेर कार्यक्रमको बारेमा जानकारी गराउनुका साथै सुझाव संकलन गरेको यो पहीलो पटक भएको भन्दै पत्रकारहरुले एसएसपी सिंहको प्रसंशा समेत गरेका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation