Baigyanik Media

Advertisment

SKIP THIS

प्रहरी जवानको परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थी महेन्द्रनगर बाट पक्राउ

<कञ्चनपुर(महेन्द्रनगरमा भएको प्रहरी जवानको लिखित परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सहभागि भएका २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

प्रहरी जवानको खुल्ला तथा समावेशी जनपदको लिखित परीक्षामा नागरिकताको प्रमाण पत्र र प्रवेश पत्रमा समेत फोटो परिवर्तन गरि हस्ताक्षर समेत कृर्ते गरेको पाईएपछि परीक्षाामा सहभागि भएका २२ जना नक्कली परीक्षार्थीलाइ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको कैलारी गाउँपालिकाका १८ बर्षका अविनास चौधरी, दार्चुलाको मार्मा गाउँपालिका ३ का १८ बर्षका गोकुल धामी, बझाङ मष्टा गाउँपालिका ४ का १९ बर्षका अजय कठायत, तल्कोट गाउँपालिका ३ का २० बर्षका लोकराज जोशी,दार्चुला गाउँपालिका ६ का २४ बर्षका दिनेश महरा, कैलालीको कैलारी गाउँपालिकाका २० बर्षको लेखराज चौधरी, धनगढी उपमहानगरपालिका ४ बर्ष १८ का विपिन चौधरी,सोही उपमहानगरपालिका ५ का २४ बर्ष लक्ष्मण चन्द, बझाङ तल्कोट गाउँपालिका बर्ष २२ का दिनेश खाती, सोही जिल्लाका मष्टा गाउँपालिकाका १८ बर्षका बलराम कठायत र मुष्टाका २० बर्षका कमल कठायत रहेका छन्।

यस्तै कैलालीको कैलारी गाउँपालिका ३ का बर्ष २० का विशाल चौधरी, टीकापुर नगरपालिका २ का १८ बर्षका सागर बोहरा,
धनगढी उपमहानगरपालिका ५ का १९ बर्षका सागर बहादुर देउवा, बझाङको तल्कोट ३ का १९ बर्षका नविन जोशी, थलारा गाउँपालिका ३ का २० बर्षका शिवराज नेपाली, दुर्गाथली गाउँपालिका ५ का २० बर्ष कृष्ण कठायत, बझाङको तल्कोट ३ का १९ बर्ष नविन जोशी, जनबासा गाउँपालिका ७ का १९ बर्षका विक्रम बोहरा, २२ बर्षका विमल बोहरा र २० बर्षका जीवन बोहरा पक्राउ परेका छन्। उनीहरुमाथि थप अनुसन्धान भईरहेका छन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation