आइतवार, बैशाख २, २०८१

बर्दगोरिया गाउँपालिका निजी स्रोत शिक्षक समितीको दोस्रो सम्मेलन बाट अध्यक्षमा शिवराज गौतम चयन

बर्दगोरिया गाउँपालिका अन्तर्गत(बर्दगोरिया गाउँपालिका निजी स्रोत शिक्षक समितीको दोस्रो सम्मेलन सम्पन्न भएको छ।बर्दगोरिया गाउँपालिका निजी स्रोत शिक्षक समिती बर्दगोरियाका अध्यक्ष प्रमोद सावदको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौंरा(थारु) रहनु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष भगवती देवि डगौंरा बिशिस्ट अतिथी रहनु भएको कार्यक्रममा बरिस्ठ उपाध्यक्ष अमर रावलले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा अतिथीहरु वडा नं १ का अध्यक्ष जयरुप खतिवडा, वसन्त मुरारी बौनियाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक कुवर,कोटातुल्सिपुर मा।वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर भुल, जगदम्वीके भगवती मा।विका प्र.अ नेत्र बहादुर खड्का,प्र.अ रामचन्द्र कुस्मी,उदय सिंह बि.सि प्र.अ तथा शिक्षक महासंघ अध्यक्ष,प्र.अ तारा प्रसाद जोशी,नेपाल विद्यालय कर्मचारी परिषद कैलाली अध्यक्ष गणेश प्रसाद जोशी,अध्यक्ष भुपेन्द्र रास्कोटी,स.प्र.अ रतन थापा लगायतका अतिथीहरु शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रमको संचालक शिक्षक शिवराज गौतमले गर्नु भएको थियो। कार्यक्रममा नयाँ कार्यसमिति चयन भएको छ।बर्दगोरिया गाउँपालिका निजी स्रोत शिक्षक समिती बर्दगोरियाको दोस्रो सम्मेलन बाट १५ सदस्य समिती गठन गरिएको छ जसको अध्यक्ष शिवराज गौतम,वरिष्ठ उपाध्यक्ष अमर रावल,उपाध्यक्ष पवन चन्द मल्ल,सचिव नवराज टमट्टा,सह सचिव जनकराज जोशी,अर्थसचिव पुस्कल सुनार,सदस्यहरुमा रामफल डगौरा,विष्णु कठरिया,सुरेखा कुमारी चौधरी,रघुनाथ चौधरी,श्याम लाल चौ,शिवनारायण कठरिया,बल ब।ड।थारु,नैन ब.डगौरा र शिब चौधरी सदस्यमा चयन भएका हुन।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation