बौनिया/पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कैलालीको बर्दगोरिया गाउँपालिका भित्र संचालित सबै विद्यालय १० दिन सम्मका लागि बन्द गरिएको छ ।
कैलालीको बर्दगोरीया गाउँपालिकाका विद्यालय १० दिनका लागि बन्द भएका छन् । बुधबार बसेको पालिकाको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भोलि बिहिवारदेखि लागू हुनेगरी १० दिन अर्थात १८ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष बलीराम डगौरा थारुले कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेकोले तत्कालका लागि विद्यालय १० दिनका लागि बन्द गर्ने बताउनु भयो । केही दिन अघिमात्र वडा नम्बर ५ का एक ३३ वर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको थियो ।
उहाका अनुसार जिल्ला प्रशासन कार्यालयको पत्र र वातावरणीय अवस्था र बढ्दो गर्मि तथा कोभिड –१९ को संक्रमणलाई मध्यनजर गरी सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय, बन्द गर्न अनुरोध गरिएको छ ।
पालिकाले भावी सम्भावित अबस्थालाई मध्यनजर गरि केही दिन विद्यालय बन्द गर्ने निर्णय गरेको पालिकाकि उपाध्यक्ष भगवती डगौरा थारुले जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरि पालिकाले गरेको निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ ।