बौनियाँ-कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ स्थित रामजानकी मन्दिरमा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर शुक्रवार सम्पन्न भएको छ ।
माध्यमीक बिद्यालय कोटातुल्सीपुरको आयोजनामा शिविर सम्पन्न भएको थियो । शिविरबाट ९५ जना सेवा ग्राही लाभान्वित भएका छन् । सोही अवसरमा ३५ हजार रुपैयाँ बराबरको औषधी निःशुल्क वितरण गरिएको माध्यमीक बिद्यालय कोटातुल्सीपुरका प्रशिक्षक सुरेश विकले बताउनु भएको छ ।
शिविरमा जुका औषधी,पशुहरुको चेक जाँच गरिएको थियो । १ सय १० वटा पशुहरुलाई लक्षणको आधारमा औषधी वितरण गरिएको छ भने ३ सय ९२ वटा पशुहरुलाई उपचार औषधी वितरण गरिएको पशु स्वास्थ्य प्रशिक्षक विकले जानकारी दिए ।
शिविरमा प्रशिक्षक विजय बिष्ट,भवानी ददेल र विद्यार्थीहरूको सहभागिता रहेको थियो। ‘शिविरले त्यस क्षेत्रका पशु पालक किसानहरु प्रत्यक्ष लाभान्वित भएका छन्,’माध्यमीक बिद्यालय कोटातुल्सीपुरका प्रधानध्यापक ताराप्रसाद जोशीले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वैज्ञानिक मिडियालाई जानकारी दिनु भयो।’