बौनियाँ,कैलाली-पछिल्लो केही दिनयता ह्वात्तै गर्मी बढेपछि कैलालीको बर्दगोरिया गाउँपालिकाले सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ । शुक्रबार बर्दगोरिया गाउँपालिकाले एक सूचना जारी गर्दै ३ दिनका लागि गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको हो।
अत्यधिक बढ्दै गएको गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएको हुँदा जेठ महिनाको २९ गते देखि ३१ गते सम्मका लागि ३ दिन विदा दिने निर्णय गरेको छ । भने असार महिनाको १ गते देखी पूर्ण रूपमा बिद्यालय सञ्चालन हुने पनि गाउँपालिकाले जनाएको छ ।
वर्ष भरि ४५ दिन बिदा हुन्छ त्यही बिदामा मिलान हुने गरि ३ दिन गर्मी बिदा दिएको शिक्षा शाखा अधिकृत नन्दा कुमारी भट्टले बताएकी वैज्ञानिक मिडियालाई जानकारी दिएकी थिइन् ।