
* गजल * भनेकै हुन बाले उ बेला पढ् भनेकै हुन। ए बाबू किन गर्छस हेला पढ् भनेकै हुन ।। हलो जुवा अनि त्यो कुटो र कोदालोले। हात मा उठ्लान त ठेला पढ् भनेकै हुन।। बा को कुरा मानिन मान्दै मानिन मैले । भागी भागी जान्थे मेला पढ् भनेकै हुन ।।
अहिले पो म छु र पो छैन कुनै चिन्ता ।
पछि तलाई कस्ले देला पढ् भनेकै हुन।।
दुनियाँले तलाई चिन्ला र हाम्लाई चिन्ला।
कस्को छोरा कस्को चेला पढ् भनेकै हुन।।