शनिबार, बैशाख २२, २०८१

पानी नपरेपछि थारु समुदायमा दोहोरी:महिलाले पुरुषको पुरुषले महिलाको 

  • खडेरी परेपछि दिदीबहिनीहरु बीच थारु भाषामा दोहोरी
  • बौनियाँ,कैलाली-सुदूरपश्चिम प्रदेशमा उधुमै गर्मी बढेको छ। वर्षे झरी पर्ने बेला यी जिल्लामा पानी नपरेर खडेरी परेको छ। साउन लागी सक्दा पनि प्रयाप्त पानी नपर्दा केही किसानले रोपाइँ गर्न पाएका छैनन्। पानीको जुगाड गरेर जसोतसो धान रोपेका किसानलाई पनि खडेरीले पुर्पुरो समाउने बनाएको छ। धान रोपेको खेतमा धाँजा फाटेको छ। रोपो सुकेर पहेँलै भएको छ। चर्को खडेरीले आत्तिएका कैलालीका किसानहरु अहिले पानी पार्ने जुक्ति खोज्न थालेका छन्। मगलबार उनीहरुले पानी पर्ने विश्वासका साथ कैलाली जिल्ला बर्दगोरिया गाउँपालिका वडा नं २ र ३ का महिला दिदीबहिनीहरुले दुई गाउँ बीच पानी पारिदिन भन्दै दोहोरी गाउँदै सहकालका देवता इन्द्रको पुजा गरेका हुन्। लामो समयसम्म खडेरी परेपछि दिदीबहिनीहरु बीच थारु भाषामा दोहोरी बाटै भगवान संग पानी मागेका हुन्।विशेष गरी तराइका केही जिल्लामा लामो खडेरी परे वर्षा र सहकालका देवता इन्द्रको पूजा गर्ने चलन छ। सो क्रममा दुई गाउँका दिदिहाहिनीहरु पानी माग्ने चलन रहेको बर्दगोरिया गाउँपालिका वडा नं २ झकडपुरका अगुवा विन्तिरम राम चौधरीले बताए।चौधारीका अनुसार मगंलबार आफ्नो गाँउका महिला दिदीबहिनीहरुले पुरुषको लुगा र दाजुभाइले दिदीबहिनीको लुगा लगाएर इन्द्रको पुजा गरेर पानी मागेको बताए।पहिले पहिले गाँउका गाउँका दिदीबहिनीलाई यसैगरी दोहोरी गीत गाएर इन्द्रको पूजा गर्ने चलन थियो। पुर्खौली यो चलन रहेको र पहिले भलभन्साको घर बाट अर्को गाउँको भलभन्साको घरमा हल गोरु लिने र हल गोरु छुटाउन दोहोरी गीत गाएर लिने चलन रहेको थियो र अहिले धेरैको घरमा हल गोरु नभएको हुँदा स्वयं भलभन्सा अथवा भलभन्साको घरको दुई जनालाई लिएर आउने र छुटाउन गाउँ भरिका थारु समुदाय आउने त्यती गरेपछि इन्द्र भगवान खुसी भएर पानी पारिदिन्छन् भन्ने जनविश्वास रहेको चौधरीले बताए। सोही धार्मिक जनविश्वासका साथ जिल्लाका विभिन्न गाँउमा अहिले इन्द्रको क्षमापूजा भइरहेको उनले बताए।

    फोटो फिचर

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation