काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो। कोराना संक्रमणका कारण यस वर्ष पनि आन्तरिक मूल्यांकनको आधारमा परीक्षाफल सार्वजनिक गरिएको हो।
परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२ छन् । यस्तै ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।
एक्जाम्टेडतर्फ १६ हजार ५७२ परीक्षार्थी सहभागी थिए । उनीहरु मध्ये ए प्ले ग्रेडमा कोही पनि छैनन् भने ए मा २ जना र बी प्लसमा २१ परीक्षार्थी उत्तिर्ण भएका छन् ।
यसअघिको शैक्षिक सत्रमा पनि आन्तिम मूल्यांकनबाटै परीक्षाफल सार्वजनिक गरिएको थियो। एसईईको नतिजा बोर्डको वेबसाइटका साथै नेपाल टेलिकमको बेवसाइटमा हेर्न सकिनेछ।
यसरी हेर्नुहोस् नतिजा :
नेपाल टेलिकमको प्रयोगकर्ताले १६०० बाट र एनसिएल प्रयोगकर्ताले १६०० मा एसएमएस गरेर एसईईको नतिजा थाहा पाउन सकिन्छ ।
साथै,
http://www.neb.gov.np, www.see.gov.np www.see.ntc.net.np बाट एसईईको नतिजा हेर्न सकिन्छ ।