बिहिबार, अशोज ११, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीमा भदौ ३० देखि लम्की सांगीतिक महोत्सव हुने( भिडियो सहित)

  • लम्की एफ.एमको आयोजनामा लम्किमा भदौ ३० देखि लम्की सांगीतिक महोत्सव हुने
  • कैलाली – लम्की एफ.एमको आयोजनामा लम्कीमा यहि भदौ ३० गते देखि लम्की सांगितीक महोत्सव २०७९ हुने भएको छ । हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको आयोजनामा भदौ ३० गते देखि असोज ९ गते सम्म महोत्सव सञ्चालन गरीने महोत्सव मुल समिति संयोजक दिपक सुनारले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।बौनियाँमा रहेको सहारा घरको सहयोगार्थ महोत्सव गर्न लागिएको बताउदै महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभुसा झल्कीने स्थानिय कलासंस्कृतिको पर्दशन गरिनुका साथै ब्यापारीक, ब्यावसायिक र कृर्षि स्टल समेत रहने आयोजकले जनाएको छ ।महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने मुल कमिटी संयोजक दिपक सुनारले जानकारी दिए । महोत्सवबाट उठेको आम्दानीले लम्की एफ.एम.को विकासका साथै यस क्षेत्रको सामाजिक विकासमा सहयोग गर्ने लक्ष्य रहेको र बौनियामा रहेको सहारा घरको सहयोगका लागि प्रति टीकट बाट ५ रुपैयाँ छुट्याउने महोत्सव मुल समिति संयोजक दिपक सुनारले बताए।१० दिन सम्म सञ्चालन गरीने महोत्सबमा करीब २०/२५ लाख खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान गरेको आयोजकको दावी छ । उक्त महोत्सवलाई सहयोग गरी दिन समेत आयोजकले सबैलाई आग्रह गरेको छ ।

    भिडियो सहित हेर्न सकिन्छ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
    error: Content is protected !!