मङ्लबार, बैशाख ४, २०८१

पालिका अध्यक्ष कुँवरद्वारा महिला कर्मचारीलाई दर खुवाउने

  • पालिका अध्यक्ष कुँवरद्वारा महिला कर्मचारीलाई दर खुवाउने
  • कैलाली – बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिका भित्र कार्यरत सम्पूर्ण महिला कर्मचारी हरुलाइ दर खुवाउने कार्यक्रम राख्नु भएको छ । कुँवरले आफ्नो व्यत्तिगत खर्चमा शनिबार सार्वजनिक बिदाकाे अवसर पारेर महिला कर्मचारी हरुलाई सामुहिक दर खुवाउन लाग्नु भएको हाे ।

    कुँवर पालिकामा निर्वनचित भएर आयपश्चात सधैं कर्मचारीका हकहित पक्षमा नियमित वकालत गर्दै आउनु भएको छ । शनिवारकाे दर कार्यक्रमले महिला कर्मचारीहरु बिचमा एक आपसमा परिचयात्मक संगै सहिष्णुता र भाइचाराकाे सम्बन्ध स्थापित गराउन सफल हुने कुँवरकाे बुझाइ रहेको छ । अब तिज आउन केहि दिन मात्र बाँकि रहदा विभिन्न स्थानमा बिभिन्न संस्था हरुले महिलाहरूलाई दर खाने कार्यक्रमकाे आयाेजना गर्दै आएका छन् ।

    कुँवर पालिकामा अध्यक्षका रुपमा आउनु भन्दा अगाडि देखि यस्ता बिबिध सामाजिक एवम् सांस्कृतिक कार्यहरुमा सक्रिय रहदै आउनु भएको थियो । उहाँ बिशेषत महिलाहरु हुने दमन र साेषणका बिरुद्ध सधैं वकालत समेत गर्ने गर्नु हुन्छ ।

    दर खाने कार्यक्रम कुँवरको भजनी नगरपालिकामा सञ्चालनमा रहेको माछा पाेखरी क्षेत्रमा हुने उहाको सचिवालयले हामीलाई जानकारी दिएकाे छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation