बौनियाँ,कैलाली –आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ मा बाट नेकपा एमालेबाट विभिन्न व्यक्तिहरुलाई प्रतिनिधि सभा प्रदेशसभा तर्फ सिफारिस गरेको छ । यहि क्रममा प्रतिनिधि सभाको समानुपातिकमा प्रेस चौतारी नेपालका केन्द्रिय लेखा आयोग सदस्य लिलाजंग शाहीलाइ नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ ले संघिय सांसदकाे समानुपातिक तर्फकाे सांसदलाई सिफारिस गरिएको छ ।
२०४७ साल जेष्ठ २ गते नेकपा एमालेको साधारण सदस्यता प्राप्त गरेका शाही ३२ बर्ष देखि निरन्तर पार्टीमा सक्रिय हुनुहुन्छ । ५० वर्षिय शाहीले साबिक सुगरखाल गाबिसको वडा नम्बर ६ को वडा कमिटी र गाउँ कमिटी सदस्य भएर पार्टीको संगठन बिस्तारमा महत्त्वपूर्ण गर्नु भएको थियो । २०५५ सालदेखि संगठित सदस्य रहदै आएका शाही २०६२ सालमा साबिक चुहा गाउँ कमिटीको सदस्य हुदै २०६३ सालमा कार्यवाहक गाउँकमिटी सचिवको जिम्मेवारीमा रहि पार्टीको संगठन बिस्तारमा भुमिका खेल्नु भएकाे थियो ।
शाहीले २०५५ देखि २०५६ सम्म सुनपाल प्राथमिक विद्यालय मोहन्याल ३ सावा ,२०५८ देखि २०५९ सम्म सरस्वती प्राथमिक बिद्यालय मोहन्याल ६ सेतिखोर र २०६२ देखि २०७१ सम्म कृष्ण आधारभुत बिधालय लम्किचुहा ६ बागमारा कैलालीमा शिक्षण पेशामा आवद्ध हुनु भएको थियो ।
२०६२ सालबाट पत्रकारीता क्षेत्रमा आबद्ध भएका शाही २०६४ सालमा प्रेस चौतारी नेपालको साधारण सदस्यबाट जिल्ला कमिटी सदस्य २०६७ मा जिल्ला कमिटी सचिव २०६८ मा सेती अञ्चल समन्वय समिति सदस्य प्रदेश कमिटी सदस्य हुदै केन्द्रिय सदस्य र हाल केन्द्रिय लेखा आयोग सदस्य हुनुहुन्छ।शाही हाल कोसेली एफएम ९७. मेगाहर्ज बर्दगोरिया २ सडकपुर बौनियाको प्रबन्ध निर्देशक रहेका शाही नेपाल पत्रकार महासंघ कैलाली शाखा कार्यसमिति सदस्य नेपाल पत्रकार महासंघको प्रदेश सभासद र बौनियाँ जेसीजको सस्थापक अध्यक्ष समेत हुन ।
बिगत डेढ दशक देखि पत्रकारिता गर्दै आउनु भएका शाहीको समाज परिवर्तन र पार्टी संगठन बिस्तारमा अतुलनीय योगदान रहेको छ। शाहीले समाज र पार्टीको संगठन बिस्तारमा पुर्याउनु भएको योगदानको कदर गर्दै नेकपा एमाले जिल्ला कमिटी कैलालीले प्रतिनिधि सभा तर्फ समानुपातिकमा केन्द्रिय कमिटीलाई सिफारिस गरेकाे नेकपा एमाले जिल्ला कमिटी कैलालीका सचीव डेजि पान्डेले बताए ।