
कैलाली – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँच औं बार्षिकोत्सवको उपलक्ष्यमा वीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीले २०७९ असोज ५ गते लम्कीचुहा नगरपालिका वडा नं १ लम्की स्थित लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यानरत करिव ७० जना विद्यार्थीहरु र क्याम्पसमा कार्यरत प्रध्यापक शिक्षकहरु विच बिमा सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
साथै उक्त वीमा जनसचेतना सम्बन्धि कार्यक्रममा कम्पनीका लम्की शाखा प्रमुख डम्बर न्यौपानेले वीमाको महत्व तथा लाभका बारेमा प्रकाश पार्नु भएको थियो । साथै उक्त कार्यक्रममा सो क्याम्पसका प्राध्यपक जनक बहादुर विष्टले जिवन बिमा मानव जिवनमा अपरिहार्य रहेको जानकारी गराउनु भयो ।
उक्त कार्यक्रममा टिकापुर उपशाखा प्रमुख केशवराज तिमिल्सेना ,बौनियाँ उपशाखा प्रमुख डम्मर बहादुर बुढा ,बरिष्ट मार्केटिङ म्यानेजर बुद्धि प्रसाद खनाल,प्रेम प्रसाद धमालाले आ-आफनो अनुभव व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन लम्की शाखाका कर्मचारी विष्णु प्रसाद भण्डारीले गर्नु भएको थियो ।