बिहिबार, बैशाख १३, २०८१

माेहन्यालकी चेली गाैरीलाई राष्ट्रिय खेलकुदमा स्वर्ण

  • माेहन्याल गा.पा उपाध्यक्ष साउँदले नगद २५ हजार रुपैयाँ सहित मगरलाई सम्मान गर्ने
  • कार्तिक ४ – कैलाली जिल्लाकाे माेहन्याल गाउँपालिका वडा नम्बर ५ बस्ने गाैरी घर्ती मगरले पाेखरामा सम्पन्न ९ औ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल भएकि छन् ।मगरले उसु तर्फकाे खेलमा उत्त स्वर्ण पदक जितकाे जानकारी प्राप्त भएको छ । मगरले जितेको स्वर्ण सम्भवता माेहन्याल गाउँपालिका बाट प्रतिनिधित्व गर्ने कुनै पनि खेलाडी राष्ट्रिय प्रतियोगितामा जितेको पहिलो स्वर्ण हुन सक्ने माेहन्यालका खेलप्रेमि हरुकाे बुझाइ रहेको छ ।गाैरि घर्तिमगरले स्वर्ण पदक प्राप्त गरिसकेपश्चात फेसबुक मार्फत बधाई दिदै माेहन्याल गाउँपालिका उपाध्यक्ष कमल बहादुर साउँदले गाउँपालिका नगद २५ हजार रुपैयाँ सहित मगरलाई सम्मान गर्ने जानकारी दिनु भएको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation