पानीमा क्याराभानले गरेको पिच भत्काउन निर्देशन

जाजरकोट , २२ असार  । नयाँ सहर आयोजनाले रुकुमपश्चिमको चौरजहारी नगर पालिकाको मुख्य बजार लाइनमा गरिएको कालो पत्रे उप्काउन  निर्देशन  दिएको छ  । रुकुमपश्चिम  नगरपालिका–२  स्थित  नयाँ  बजारमा  बुधबार   बेलुका  गरिएको   कालोपत्रे   उतारेर  नयाँ कालोपत्रे  गर्न निर्देशन दिइएको  हो  । चौरजहारी  नयाँ  सहर   आयोजना  कार्यालय अन्तर्गत  क्याराभान  कन्स्ट्रक्सनले कालोपत्रे   गर्ने ठेक्का  पाएको   थियो । पानी परेको र  सडकमा  भल बगिरहेको बेला कालोपत्रे गरिएपछि  आयोजनाले  पुनः कालोपत्रे  गर्न निर्देशन दिइएको  हो  ।

 

कमसल कालोपत्रे गरिएको भन्दै स्थानीयवासी र सरोकार निकायले चासो दिएपछि बिहीबार आयोजना कार्यालयले अनुगमन  गरेको थियो । आयोजना   प्रमुख   सुशील  आचार्यका अनुसार पानी  परिरहेको र  सडकमा  समेत  पानी जम्मा भइरहेको बेला  कालोपत्रे  हाल्ने   काम  भएको  पाइएकाले  तत्काल  सो   काम  सुधार   गर्न  ठेकेदार  कम्पनीलाई निर्देशन दिइएको  छ ।

 

पानीका बीचमा गरिएको  कालोपत्रे  निकाल्ने र बिग्रेको   काम  सुधार  गर्न ठेकेदार  कम्पनी सहमत भएको  छ । चौरजहारी  नगरपालिका  प्रमुख  पुष्प  वादी, नयाँ  सहर    आयोजना  प्रमुख  सुशील  आचार्य,  क्याराभान   कन्स्ट्रक्सनका   प्रतिनिधि   यमराज थकाली, इन्जिनियर ,स्थानीयवासीसहितको  छलफलले   बिग्रेको   काम  सुधार्न  सहमति  निकालेको हो ।  चौरजहारी  नगरपालिका  प्रमुख  पुष्प  वादीले  झरी कै बिच  कालो पत्रे   भइरहेको   खबर  पाएलगत्तै  तत्काल काम  रोक्न र बिग्रेको काम   सुधारेर  गुणस्तरीय  बनाउन  निर्देशन  दिइएको   बताए ।

 

ठेकेदार कम्पनीका प्रतिनिधि यमराज थकालीले  कालोपत्रेको  काम  गर्दै गर्दा पानी परकाले समस्य भएको बताए । स्थानीय क्षितिज विष्टले स्थानीयले गरेको गुनासो सरोकारवाला निकायले सुनुवाइ  गरेको बताए ।  उनले झरी परिरहेको र भल बगिरहेको बेला  पनि  लापरबाहीपूर्ण तरिकाले कालोपत्रे गरिरहेकाले आफूहरूले सामाजिक  सञ्जाल समेतमा  त्यस कार्यको विरोध गरेको बताए ।  जता पनि कामहरु लथालिंग बनाउनेमा क्याराभानको नाम पहिलो नाममा रहेको छ । भेरी करिडोर भित्र ६ वटा पुल अलपत्र परेको क्याराभान सत्ता र शक्तिको भरमा जथाभावी गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९