तीन पालिकामा साेलार स्थापनाः १६ हजार ७५४ जनालाइ राेजगारी

जाजरकोट, २४ असार । कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधनिकिकरण परियोजनाले भारी उपलब्धी गरेको बताएको छ ।पालिका भित्र सञ्चालनमा रहेका जोन, पकेट र ब्लक क्षेत्रहरुको सुधार तथा विकासको अवस्था बारे भएको समिक्षाबाट भारी मात्रामा किसानहरुको समस्या हल भएको पाइएको परियोजना जाजरकोटका  प्रमुख दिपेन्द्र पोखरेलले बताए ।प्रगतिका बारे पालिकाहरुका कृषि शाखा प्रमुखहरुबाट जनताले गरेका अपेक्षाहरुको बारेमा जानकारी लिई भएका कामहरुको समिक्षा समेत गरिएको छ । कार्यालयले ८६.४३ प्रतिशत काम भइ लक्ष्य नजिक पुगेको उनले बताए । जसमा पशु अस्पताल तथा पशु सेवा

 

कार्यालय जाजरकोट तर्फ बाख्रा ब्लक विकास कार्यक्रम अन्तर्गत ९५.२४ प्रतिशत, सम्पुर्ण स्थानिय तह अन्तर्गत पकेट विकास कार्यक्रममा ८७.०९ प्रतिशत, जोन विकास कार्यक्रम तर्फ ८२.४ प्रतिशत र कृषि विकास कार्यालय जाजरकोट बाट संचालित विभिन्न ब्लकहरुमा (तरकारी , स्याउ, ओखर र मकै) ब्लक विकास कार्यक्रम अन्तर्गत ८१.८ प्रतिशत प्रगति भएको प्रमुख पोखरेलले बताए । जिल्लामा यो कार्यक्रम लागु भए पछि हाल सम्म १६ हजार ७५४ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएको र यो आबमा मात्र १ हजार ७९० जनाले रोजगारी पाएको कार्यालयले जनाएको छ ।  कार्यालयले ४ वटा विभाग मध्य ३ वटा (जोन,पकेट र ब्लक) विभागहरु चालु अवस्थामा रहेको

 

बताएको छ  । जोन अन्तर्गत सुन्तला जोन जाजरकोट का ७ वटा स्थानीय तह मध्ये ४ वटा स्थानीय तह मा कार्यान्वयनमा रहेको छ भने त्यस्तै ओखर जोन ५ वटा स्थानीय तहमा र मौरी जोन ३ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको छ । उक्त कार्यक्रम बाट ५०० घरधुरी लाई सेवा प्रदान गरिएको कार्यालयको दावी छ । आर्थिक वर्ष २०७९÷०८० मा सुन्तला जोन तर्फ ५ मेट्रिक टन क्षमताका ३ वटा सेलार स्टोर निर्माण भई संचालनमा आएसँगै सर्वसाधारण किसानहरुलाई सहयोग पुगेको छ ।

 

छेडागाड नगरपालिका १०, कुशे गाउँपालिका ८ र नलगाड नगरपालिका ३ मा सेलार स्टोर निर्माण भई कृषकले उत्पादन गरेका सुन्तलालाई सुरक्षित गर्न सहयोग पुगेको कार्यालयका कृषि प्राविद्यिक धरम चन्दले बताए । जुनिचाँदे , बारेकोट , नलगाड र कुशेमा ओखर जोन तर्फ २१ वटा साना सिचाई निर्माण भएका छन् । त्यस्तै ९ ठाउँमा रहेका बगैचामा थोपा सिँचाइ निर्माण भएको चन्दले बताए ।
मौरी जोन तर्फ ६ वटा समुह÷सहकारी÷फर्म लाई मौरीका विभिन्न आधुनिक सामग्रीहरु वितरण गरि मत उत्पादनमा आधुनीकिरणमा जोड दिइएको उनले बताए । परियोजना लागू भएसँगै जिल्लामा सुन्तला , ओखर र मौरी पालक किसानलाई भारी मात्रामा राहत पुगेको नलगाड ३ का किसान तुले थापाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९