बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

मोहन्याल- ३ मा खुल्ला महिला पुरुष भलिवल प्रतियोगिता सम्पन्न

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा खुल्ला महिला पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ । “राष्टका लागि खेल स्वस्थ्यका लागि खेल” भन्ने नाराका साथमा जन जागृति बाल क्लबकाे आयोजनामा बुधबार बाट खुल्ला महिला/पुरुष भलिवल प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।

 

फलेविसाैना स्थित शान्ति माध्यमिक विद्यालयकाे खेलमैदानमा सुरु भएको प्रतियोगितामा पुरुष तर्फ आयोजक जन जागृति बाल क्लब प्रथम, राष्ट्रिय आधारभुत विद्यालय चोसेकाँडा द्वितीय , चन्द सूर्य युवा क्लव कुइने तृतीय स्थान हासिल गरेका छन् ।

त्यस्तै महिला तर्फ राष्ट्रिय आधारभूत विद्यालय चोसेकाँडा प्रथम, मोहन्याल माध्यमिक विद्यालय बडिकाथाई द्वितीय, आयोजक जन जागृति बाल क्लब तृतीय भएका छन् भने प्रतियोगितामा पुरुषतर्फ ९ टिम र महिलातर्फ ५ टिमकाे सहभागिता थियो ।

 

पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ३० हजार, दोश्रो हुनेले १८ हजार, तेश्रो हुनेले १० हजार सहीत प्रमाणपत्र पाउने छन् । महिला भलिवल प्रतियोगितामा प्रथम हुने टिमले १२ हजार, दोश्रो हुनेले ७ हजार, तेश्रो हुनेले ४ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

 

समापन कार्यक्रममा जन जागृति बाल क्लबका उपाध्यक्ष गौरव नाथकाे सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका वडा नं ३ का वडाध्यक्ष नन्द राज गिरी (नवीन) रहनु भएको थियो भने विशिष्ट अतिथीमा मोहन्याल गाउँपालिका वडा नं १ का वडाध्यक्ष पिरम वहादुर बुढा (प्रेम ) रहनु भएको कार्यक्रममा अतिथीहरुमा कार्यपालिका सदस्य नानी दमाई, जनकल्याण सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष जनक गिरी, हिमालय सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष धनराज गिरी, मोहन्याल -१ चोसेकाँडामा रहेको राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बम, शिक्षक गोपाल केसी, गतिशील सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष गणेश घर्ती मगर, शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक मिन बहादुर दर्लामी,मोहन्याल गाउँपालिका वडा नं १ बडिकाथाई, चायभावरमा रहेकाे मोहन्याल माध्यामिक विद्यालयका प्रधानाध्यापक मान बहादुर पुन, शिक्षक पदम देवकोटा, राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक रण बहादुर सहकारी र पत्रकार डम्मर बहादुर बुढा लगायतले विजयी टिमलाई पुरस्कार वितरण गरि खेलको समापन गरिएको हो । भने कार्यक्रमकाे सञ्चालन युवा समाजसेवी खकेन्द्र शाहीले गर्नू भएको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation