भन्सार नाका कडाई र ब्यबस्थित गराउन बेलहियामा सिमामा उधाेगीकाे टिम

भैरहवा, १९ कार्तिक । सिमामा नियमन र अनुगमन बढाउन बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवा भन्सार कार्यालय सहित स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । हालै निर्वाचित पदाधिकारी तथा कार्यसमितिको टोलीले शुक्रबार देखी भैरहवा भन्सार कार्यालय, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई

 

ध्यानाकर्षण गराउदै उद्योग व्यवसाय बचाइदिने वातावरण बनाउन माग गरेका छन् । नेपाली उपभोक्ताले घरायशी प्रयोजनका नाममा बिना भन्सार सामान भित्राउँदा स्वदेशी बजार धराशयी भएको भन्दै उनीहरुले भन्सार कडाई नियमित र निरन्तर गर्न माग गरेका हुन् ।

 

संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई नेतृत्वमा आएको टोलीले भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतम, प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी उपरिक्षक दिपक कुमार थापा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुखलाई ज्ञापन पत्र बुझाउदै सिमानाका कडाईलाई यथावत राख्न आग्रह गरेका थिए । जेठ १८ गते देखि भन्सार नाकामा भएको कडाईका कारण स्थानीय उद्योग व्यबसायमा सकारात्म प्रभाव परेकोले सिमामा नियमन र अनुगमनलाई निरन्तरता दिदै नेपाली उद्योगी व्यवसायीलाई संरक्षण गर्नुपर्ने बताए ।
भन्सारले सिमानाका कडाई गर्ने नीति लिएसँगै नेपाली बजारमा व्यापार बिस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन र राजश्व असुलीमा समेत बढोत्तरी भएको तथ्याङक छ, दशैं तिहारको समयमा नाकामा केही खुकुलो परिएको भन्ने सूचना अनौपचारिक रुपमा आएकोले भन्सार नाकामा कडाई यथावत गर्नुपर्ने उपाध्यक्ष भट्टराईको माग छ ।

 

भन्सार जाँचपासका ढिलाई, सर्भर डाउन, डिटेन्सन शुल्क, एजेन्टमार्फत काम गराउनु पर्ने बाध्यत्मक व्यवस्थाका कारण उद्योगी व्यवसायी मर्कामा परेको भन्दै छिटै विग्रने कच्चा पदार्थको भन्सार प्रक्रिया फास्ट ट्रयाकमा गर्ने वातावरण मिलाउन समेत संघले आग्रह गरको छ ।

संघका वाणिज्य उपाध्यक्ष विमलराज भटराईले भन्सार क्षेत्रलाई थप व्यवस्थापन थप व्यवस्थित गर्नु पर्ने, हामोर्निक कोडमा एकरुपता, भारतिय जिएसटी बिलको आधारमा मुल्याङकन नहुदाँ उद्योगी व्यवसायीहरु भन्सारमा सास्ती खेपेको उदाहरणहरु रहेकोले कार्यालयबाट हुने व्यवस्था कार्यालयबाटै गरिदिन र नहुने कुराहरु विभाग मन्त्रालय वा सरोकारवाल निकायमा पहल गरिदिन आग्रह गरेका छन् ।

 

सरकारले भन्सार राजश्वलाई आम्दानीको स्रोत मानेको छ भने अर्को तर्फ कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट नेपालको कुल ग्राहस्थ उत्पादनको एक तिहाई बराबरको चोरी निकासी हुने गरेको संघको ज्ञापन पत्रमा उल्लेख छ । स्थानीय व्यवसाय तथा उत्पादनलाई टेवा दिन विगत लामो समय देखि भन्सार तथा खुल्ला सीमा नियमनको सन्दर्भमा संज्ञ निरन्तर पहल तथा पैरवी गर्दै आएको छ । खुद्रा उपभोग्य बस्तुमा समेत भन्सार महशुल लिने कार्यको थालनी भएको कारण स्थानीय व्यवसायमा

 

सकारात्मक असर देखिएको सम्बद्ध निकायलाई संघले आभार व्यक्त गर्दै दशै तिहार जस्ता महत्वपूर्ण चाडपर्वको नाममा राजनैतिक तहबाट नै भन्सार खुकुलो पार्नु पर्ने धारणा तथा अभिव्यक्रि प्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाइएकाे छ ।

 

देशको अर्थतन्त्र दरिलो पार्न भन्सार तथा खुल्ला सिमा नियन्त्रण थप कडाईमा जानु पर्ने नीतिको विपरित वर्तमान भन्सार कडाईको व्यवस्थालाई रोक्ने प्रयास प्रति स्थानीय उद्योगी व्यवासायीहरुको हितमा नरहेको बताए ।

 

नेपालको कुल ग्राहस्थ उत्पादनको ९० प्रतिशत र कुल रोजगारीको ८० प्रतिशत योग्दान निजी क्षेत्रको रहे पनि वेवास्ता गरिएमा अर्थ व्यवस्थामा दीर्घकालिन नाकारात्मक असर पर्ने भन्दै संघले राष्ट्र हितको कार्यलाई निरन्तरता दिदै उत्पादन तथा व्यवसायको प्रवद्र्धन मार्फत राजश्व अभिबृद्धिको लक्ष्य प्राप्तीको लागि हालको भन्सरा नियमनलाई कडाई

 

गर्दै सीमामा अनुगमन तथा निगरानी बढाउन अनुरोध गरेको छ । भन्सार नाका तथा सीमा नियमन यपुर्ववत यथावत कडाई गरी भन्सार तथा राजश्व असुली समेत अपेक्षा गरिए अनुसार हुन नसक्ने हुदा व्यवसायिक सुरक्षा र राजश्व अभिबृद्धिमा संघको सहयोग र साथ हुने अध्यक्ष हरि प्रसाद अर्यालद्वारा जारी ज्ञापन पत्रमा उल्लेख छ ।

भन्सार कार्यालय प्रमुख नारद गौतमले चाडपर्वको वा कसैले भनसुनको नाममा भन्सार कार्यालयले कुनै पनि प्रकारको छुट नगर्ने बताउदै भन्सार ऐन, कानुन अनुसारको मापदण्डमा रहेर काम गर्नेमा कार्यालय प्रतिबद्ध रहेको बताए । उनले अवैध काम गर्ने कही केही सूचना दिन माग गर्दै अवैध काम गर्नेमा छापा हान्ने प्रतिबद्धता जनाए ।

पूर्वाधारको कारण भन्सारको काममा केही ढिलाई भएको पाएका छौ । भएको जनशक्तिलाई शनिबार पनि उपयोग गरी कार्यालयले नियमित कार्य सम्पादन गरिरहेको छ । हामीले उद्योगलाई प्राथमिकतामा नै राखेर काम गर्ने गरेको बताए । सुरक्षा निकायमा प्रमुखहरुले सिमा क्षेत्रमा निगरानी बढाइएको र अवैध ओसारपसार न्यूनिकरणमा लागिरहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९