एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार

भैरहवा, २० कात्तिक  । रुपन्देहीको तिलोत्तमा– ५ मणिग्राममा अवस्थित एनजी मार्केटलेपर्व लक्षित ग्राहकहरुका लागि थप योजना सहित ‘लक्की ड्र’ योजना ल्याएको छ ।

 

दैनिक उपभोग्य बस्तू एउटै छानामुनिबाट उपलब्ध गराउने जमर्कोका साथ एक वर्ष अघि स्थापना भएको मार्केटले नियमित ग्राहकलाई लक्षित गरेर ल्याएको कुपनमा थप सहजता गर्दै भिजिटर ग्राहकलाई लक्षित गर्दै ५ हजारकै सामान खरिद गर्दा कुपन उपलब्ध गराउने भएको छ ।

 

५ हजार बराबरको लुगा कपडा किन्दा, ५ हजारको एउटै विलिङ रेष्टुरेन्टमा गर्दा र १० हजार सम्मको कुनै पनि बस्तु खरिद गर्दा लक्की ड्र कुपनको व्यवस्थालाई यथावत राख्दै आगन्तुक ग्राहकहरुलाई ‘लक्की ड्र’ योजनामा समावेश गर्नका लागिकम्पनिले पर्वको अवसरमा ५ हजारको एउटै विलमा कुपनको व्यवस्था गरेको कम्पनिका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए ।

 

सुनौली भन्दा कम मुल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने दाबीका साथ ग्राहकहरुका लागि ३ करोड बढिको उपहार योजना ल्याएका छौँ । लक्की ड्र खुल्ने अवधि सम्म यी कुपन पाइने व्यवस्था रहेको र जसबाट एक जार जनालाई उपहारको व्यवस्था रहेको बन्जाडेले भने ।

 

दैनिक उपभोग्य बस्तू एउटै छानामुनिबाट उपलब्ध गराउने जमर्कोका साथ एक वर्ष अघि स्थापना भएको मार्केटले भारतिय बजार भन्दा गुणस्तरीय र सस्तो उपलब्ध गराउदै भव्य उद्घाटनको अवसरमा एक हजार नियमित ग्राहकलाई विभिन्न उपहार लक्की ड्र

 

(गोलाप्रथा) मार्फत दिने जनाएको छ । मार्केटले यस अघि मंसिर ७ गते हरिबोधनी एकादशीको अवसर पारेर लक्की ड्र पारदर्शी तरिकाले खोलिने बताए पनि निर्माणको काममा ढिलाई र आर्थिक मन्दीका कारण २०८१ को पहिलो दिन उत्सवको रुपमा उपहार योजना खोल्ने कम्पनिका अध्यक्ष बन्जाडेले भने ।

 

दैनिक उपभोग्य बस्तु्का लागि भारतिय सिमावर्ती बजार जाने प्रवृतिलाई रोक्न, स्वास्थ्यलाई मध्यनजर गर्दै उपभोक्तामा गुणस्तरीय बस्तुको प्रयोगको सचेतना बढाउन मार्केटले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सेवा प्रदान गरिरहेको छ । जानी नजानी हामीले गुणस्तरहीन बस्तुहरु उपभोग गरिरहेको अवस्था गुणस्तरको शत प्रतिशत ग्यारेन्टी र बजार(मार्केट) भन्दा कम मुल्य उपभोग्य बस्तुहरु कम्पनिले उपलब्ध गराउदै आएको अध्यक्ष बन्जाडेले भने ।

 

घरायसी लगायतका सबै समानहरु विक्री वितरण गर्दै आएको मार्केटमा खाद्यान्न, फर्निचर, विधुतीय सामान, जुत्ता, चप्पल, गार्मेण्ट, शैलुन, बुटिक, रेष्टुरेण्ट, क्याफे लगायत बस्तुहरुको हजारौ संकलन रहेको छ । बजार र अन्य मार्केटको अध्ययन गरी मुल्य र गुणस्तरमा मार्केटले ध्यान दिँदै आएको छ । उपभोक्तालाई गुणस्तरीय र सस्तामा समान उपलब्ध गराउन, यस क्षेत्रका

 

उपभोक्ता सुनौली गई राज्यको रेमिट्यान्स अबैध तरिकाले बाहिरीने परिपाटीको न्यूनिकरण गर्न, स्थानीय बजारको प्रवर्धन गर्न मार्केटको मुख्य उद्देश्य रहेको मार्केटका म्यानेजर दिपक भट्टराईले भने ‘गुणस्तरप्रति उपभोक्ताको सधैं अविश्वास रहने हुदा त्यसलाई चिर्नका लागि एकै छानामुनि सबै बस्तुको संगालो ‘सपिङ सेन्टर’को

 

अवधारणा ल्याएको कम्पनिका संचालक आवास बन्जाडेले भने । दैनिक करोडौ रकम नेपाली उपभोक्ताले सुनौलीमा खर्चेका छन, यसलाई रोक्न सके मात्रै राज्यको लाखौ रकम जोगिने र अहिलेको आर्थिक संकटमा सहयोगी बन्ने संचालक बन्जाडेले भने ।उत्सवकै दिनमा लक्की ड्र पारदर्शी तरिकाले खोलिने छ । जस्को प्रथम पुरस्कारमा १० धुरमा बनेको ढाई तल्ला घर, दोस्रो

 

पुरस्कारमा किया ब्रान्डको कार, तेस्रो पुरस्कारमा ३५० सिसीको बुलेट बाइक, र चौथो पुरस्कारमा भेस्पा स्कुटर एक–एक जनालाई रहेको छ । त्यस्तै १५ जनालाई एक टनको एसी, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई बासिंङ्ग मेसिन, २५ जनालाई ५५ इन्चको टिभी,

 

१२५ जनालाई राइस कुकर र ८ सय १ जनालाई आइरन गरी एक हजार उपभोक्तालाई उपहार रहेको मार्केटले जनाएको छ ।
एनजी मार्केटसँगै कम्पनिले रियलस्टेट, पर्यटन व्यवसाय, हाउजीङ र पर्यटन व्यवसायमा लगानी गर्दै काम गर्दे आएको छ । कम्पनिले तिलोत्तमामा ११ विघा क्षेत्रफलमा प्लटिङ गरी १० धुर क्षेत्रफलमा २३ सय वर्ग फिटको घर १ करोड २५ लाख र १७ सय

 

वर्ग फिटको घर ९९ लाखमा उपलब्ध गराउने योजनाका साथ बुकिङ खुला गरेको छ । उच्च स्तरीय निर्माण समाग्रीहरुबाट निर्मित भवन यस क्षेत्रकै सस्तो दरमा योजना ल्याएको कम्पनिको दाबी छ । कम्पनिले छिटै नै गुणस्तरी खाद्य बस्तुको वर्गीकरण गर्दै प्रसोधन र प्याकेजिङको उद्योग सुरुवात गर्न लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९