बुधबार, मंसिर १३, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

लागूऔषधसहित पाँचजना पक्राउ

काठमाडाैं । बारा र अर्घाखाँचीबाट अवैध लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । बाराकाे कलैया उपमहानगरपालिका-१० मटिअर्वास्थित नहर चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय ताहीर अंसारी, भारत बिहार पूर्वी चम्पारण मोतिहारी आधापुर-४ बस्ने २१ वर्षीय इस्राफी हवारी र ३५ वर्षीय जफीर मिया रहेका छन् । प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले कलैयाबाट मटिअर्वातर्फ आउँदै गरेको प्र-२-०३-००१ ह ९१० नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक ताहीर र अटोमा सवार इस्राफी र जफीरलाई पक्राउ गरेको हो ।

 

अर्घाखाँचीकाे सितगंगा नगरपालिका-३ ठाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सन्धिखर्क नगरपालिका-१ बस्ने ४१ वर्षीय बब्लु सिंह गुप्ता र जुम्ला हिमा गाउँपालिका-१ घर भई सन्धिखर्क नगरपालिका-१ बस्ने ३१ वर्षीय हिकमत शाही रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले लु.५७ प २८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!