कैलाली प्रहरीको हिरासतमा थुनुवा मृत्यु प्रकरणः ‘हत्या’ गरिएको भन्दै छानबिनको माग

धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको भनिएको घटनाको निश्पक्ष छानविनको माग गरिएको छ । प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका हुन्।

 

स्वास्थ्य अवस्थामा कुनै समस्या नरहेका कृष्णको प्रहरी हिरासतमा बिहिबार बिहान अचानक मृत्यु भएको थियो। कृष्णको मृत्यु नभई ‘हत्या’ भएको आरोप लगाउँदै आफन्तले घटनाको छानबिन गरी सत्यतथ्य कुरा बाहिर ल्याउने माग गरेका छन् । सत्यतथ्य कुरा बाहिर नल्याएसम्म शवको पोष्टमार्टम समेत गर्न नदिने मृतकका दाजु गणेश सेट्टीले बताए। बुधवार साँझ मात्र कम्बल दिन हिरासतमा गएका वेला भाइको स्वास्थ्य अवस्था ठिक रहेको उनको भनाइ छ। उनले भने,हट्टाकट्टा ज्यान भएको मेरो भाइको अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या थिएन, अघिल्लो दिन साँझ भेट्दा पनि ठिक थियो, बिहीबार बिहान बिरामी भयो भनेर प्रहरीले खबर गरेर बुहारी र म आउँदा अस्पतालमा भाइको लास देख्यौँ’उनले भने,‘आफै मृत्यु भएको हो भनेर कसरी पत्याउने?’ प्रहरीले मृतकका आफन्तलाई प्रहरी कार्यालय भित्र उनलाई राखेको हिरासत र बयान लिएको ठाउँको सिसि क्यामेरा हेर्न दिएको छ।

 

कैलाली प्रहरी कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्र सिंह पालले बिहिबार बिहान बयान लिने क्रममा कुर्सीबाट बेहोस भएर ढलेको र उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा युवकको मृत्यु भएको बताएका छन्।‘सिसि क्यामेरा हेर्दा हिरासत भित्र पनि ती युवक तनावमा बस्ने, उठ्ने र यताउता हिँड्ने छटपटाहट भएजस्तो देखिएको उनले भने।

 

सेती प्रादेशिक अस्पतालमा ल्याउँदा सेट्टी गंभिर अवस्थामा रहेको अस्पतालका प्रवक्ता किशोर श्रेष्ठले बताए। पोष्टमार्टम हुन बाँकी रहेकोले मृत्युको यकिन कारण खुल्न सकेको छैन। मृतकका आफन्तले नै पोष्टमार्टम हुन उनको भनाई छ। धनगढी उपमहानगरपालिका वडा नं १६ विद्यालय क्षेत्रमा गत सोमवार पसलबाट मदिरा चोरी खाएको भनेर ३८ वर्षीय लालबहादुर थापाको वासँको लाठी हानेर हत्या गरेको अभियोगमा सेट्टी पक्राउ परेर प्रहरी हिरासतमा रहेका थिए। मृतक सेट्टीका श्रीमती, चार र छ वर्षका एक छोरा एक छोरी रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९