बिहिबार, मंसिर १४, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

मोहन्यालको बजाडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते

कैलाली । कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । गाउँपालिकाको सिमली–खिमडी सडक अन्तर्गत पर्ने बजाडी नजिक जिप दुर्घटनामा परेको हो । शुक्रबार दिउँसो साढे ४ बजेतिर भे १ च ३७६१ नम्बरको जिप दुर्घटनामा परेको वडा नं. २ का वडाध्यक्ष जयप्रकाश मल्लले एभरेष्ट सञ्चारलाई जानकारी दिए । वडाध्यक्ष मल्लका अनुसार दुर्घटनामा परी तीन महिला र एक पुरुष घाइते भएका छन् । उनीहरुको उपचारका लागि मोहन्याल गाउँपालिकाको एम्बुलेन्स मार्फत् घोडाघोडी अस्पताल सुखडमा रेफर गरिएको छ । सिट क्षमता भन्दा बढी यात्रुका कारण जिप दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले घाईतेको उद्दारका लागि गाउँपालिकाबाट एम्बुलेन्स घटना स्थलमा पठाईएको बताए । उनले जोखिमपूर्ण सडक भएकाले क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेका छन् । गाडिको सिट क्षमता भन्दा बढी यात्रु बोकेको पाइएमा कानुनबमोजिम कारबाही गरिने उनले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!