आइतवार, मंसिर २४, २०८०

अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते

अछाम । अछाममा अरिङ्गालको टोकाइबाट एक वृद्धा घाइते भएकी छन्। जिल्लाको साफेँबगर नगरपालिका–७ रिडकोटकी अन्दाजी ७० वर्षीया जलु देवी कुमाललाई अरिङ्गालले टोकेको हो।कुमाललाई घरको आगनमा बसिरहेका बेला अरिङ्गालले टोकेको थियो। घाइते वृद्धाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!