सोमवार, मंसिर २५, २०८०

नेपालकी रुक्साना कपाली बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

काठमाडौं । विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बीबीसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सार्वजनिक गरेको सूचीमा रुक्साना कपाली पनि परेकी छन् ।प्रत्येक वर्ष विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको बीबीसीले यस वर्षको सूचीमा कपालीको नाम पनि समावेश गरेको हो । रुक्साना कपालीले फरक लैंगिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आएकी छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!