विभेद मुक्त समाज निर्माणको लागि म सधै प्रतिबद्ध छु : प्रमुख महतो

सिरहा। धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले कुनै लिङ्ग, जात, धर्म वा समूदायको आधारमा विभेद गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए।दलित महिला केन्द्र, नेपाल (सीडीडब्लुएन) सँगको सहकार्यमा नगर स्तरिय महिला समूहले आयोजना गरेको लैङ्गिक हिंसा, जातिय विभेद÷छुवाछुत तथा बाल विवहा बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख महतोले कानुनले वर्जित गरेको विभेदजन्य व्यवहार गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउनु पर्ने बताएको हो।

 

उनले लैङ्गिक हिंसा, बाल विवाह, जातिय छुवाछुतजस्ता कार्य कानुनले बर्जित गरिसेको अवस्थामा यसको कहिकतैबाट उलङ्घन भए त्यस्ता व्यक्तिलाई कानुनी दायरमा ल्याउन आफू सधै अग्रसर रहने बताए।विभेद मुक्त समाज निर्माण्को लािग आफू सधै प्रतिबद्ध रहेको भन्दै प्रमुख महतोले भने, ‘कानूनि रुपमा दण्डनिय र सामाजिक कलङ्कको रुपमा रहेको लैङ्गिक हिंसा, बाल विवाह तथा जातिय छुवाछुतज जस्ता घटनामा निकै कमि आएको छ। तर, आज पनि कहि कतै यस्ता घटनाहरु सुन्न पाईन्छ। यस्ता घटना आफ्नो पालिकामा हुन नदिन म सधैं प्रतिबद्ध छु। भईहाल्यो भने कानुनी दायरामा ल्याउन सहयोग गर्छु र सवैबाट सहयोग अपेक्षा पनि गर्छु।’

 

सोही क्रममा उनले आफ्नो पालिकामा यस्ता घटनाहरु भएको आफ्नो जानकारीमा नरहेको भन्दै घटना भईहाले पालिका र सम्वन्धित निकायमा तत्काल उजुरी गर्न पनि सवैलाई आग्रह गरे। कुनैपनि घटनामा पीडितको साथमा रहेने पनि मेयर महतोले प्रतिबद्धता जनाए।कार्यक्रमै उठेको ९ नम्वर वडाको इनारमा पानीभर्ने विषयमा विभेद हुने गरेको विषयमा पनि आफ्नो तर्फबाट पनि बुझ्ने र विभेद भएको भए उजुरी हाल्न सल्लाह दिए।

 

अन्तरक्रिया कार्यक्रममा धनगढीमाई नगरपालिका वडा नम्वर ९ का अध्यक्ष रामजतन कामैतले आफ्नो वडा यो पटक बाल विवाह मुक्त वडा घोषणा गर्ने तयारी सहित काम गरिरहेको बताए। उनले विद्यालयका अध्ययनरत किशोरीहरुको सहयोगमा वडालाई बाल विवाह मुक्त बनाउने योजना सुनाए।वडा अध्यक्ष कामतले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आफूपनि बाल विवाह नगरर्ने र छिमेकमा हुने बाल विवाह रोक्ने अभियानमा परीचालन गर्नेगरी योजना बनाएको बताए। उनले भने, ‘मैले विद्यालयमा अध्यनरत किशोरीहरुको समूह बनाउने र त्यहि समूले गाउँ, टोल, छिमेकमा हुने बाल विवाहको निगरानी गर्ने र विवाहको लागि वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था मिलाउँदै छु।’

 

अन्तरक्रिया कार्यक्रममा नेकपा ९समावादी एकीकृत० का नेता उत्तरवहादुर जर्घा, नेकपा ९माओवादी केन्द्र०का सरुण मोक्तान, कार्यपालिका सदस्य ज्ञान कुमारी चौधरी, न्याय पालिका सदस्य कृष्णमायाँ विश्वकर्माले समाजमा हुने विक्रितिको विरुद्ध एक जुट भएर लाग्नु पर्नेमा जोड दिए। उनीहरुले स्थानीय सरकारले यसमा सक्रियता देखाउनु पर्नेमा जोट दिए।स्थानीय सरकारले लैङ्गिक हिंसा, बाल विवाह, जातिय छुवाछुत न्यूनिकरणको कामर्यलाई प्राथमिकताकासाथ अगाडी बढाए आफ्नो पाटी र व्यक्तिगत तर्फबाट सधै सहयोग रहेने बताए।

 

 

अन्तरक्रियामा दलित महिला केन्द्र, नेपाल ९सीडीडब्लुएन०का कार्यकारी निर्देशन तेजेन्द्र लामाले जसको सवाल, उसैको नेतृत्व र संघियताको अभ्यासको लागि पनि स्थानीय स्तरमै नेतृत्व विकास हुनु पर्नेमा जोड दिए। उनले समस्या र समाधान पनि साझा रुपमा खोजिनु पर्ने बेला आईसकेको बताउँदै महिलाको पनि नेतृत्वमा समानजनक उपस्थिति आवश्यक रहेको बताए। भविष्यमा सवैप्रकार नेतृत्वमा सवै लिङ, धर्म, समूदायको समान उपस्थितिको लागि हाम्रो संस्थाले प्रयास गरिरहेको बताए।

 

 

सम्मानजन नेतृत्वको लागि महिलाहरुको क्षमता विकास गर्ने उद्देश्य सहित सिरहाको विभिन्न पालिकामा आफ्नो संस्थाले काम गरिरहेको पनि उनले सुनाए। महिला नेतृत्व विकासको क्रममा आज स्थानीय महिला समूले यो कार्यक्रमको आयोजना गरेको पनि उनले बताए। उनले भने, ‘हाम्रो लक्ष्य अनुसार काम गरिरहेका थियौं, आज त्यसलाई मूर्तरुप दिने प्रयासको थालनी भएको छ। यो लामो सिकाईको प्रकृया भएकोले यसलाई त्यसैको एउटा खुड्कीलो हो।’

 

समूहका अध्यक्ष शुशिला लामाको अध्यक्षतामा सम्पनन अन्तरक्रिया कार्यक्रममा समूहका सुनिता साहले कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रमका सहभागीहरुलाई स्वागत रोजीका श्रेष्ठले गरेका थिए।

 

आयोजक समूहले सवैखालका विभेद अन्त्यको लागि हामीले आवाज उठाने प्रयास गरिरहेको बताए। उनीहरुले हामीले उठाएको सहि समस्या समाधानको लागि स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज र सरोकारबालाहरुको साथ सहयोग आवश्यक रहेको बताए।

 

अन्तरक्रिया कार्यक्रममा विभिन्न दलका प्रतिनिधी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्यहरु, विभिन्न शाखा प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी, पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।     समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९