खप्तड छेडेदह गाउँपालिकाका वडाध्यक्ष वीर बहादुर रावलले राष्ट्रिय निकुञ्ज अतिक्रमण गरे

बाजुरा । राष्ट्रिय निकुञ्ज अतिक्रमण गरी वडा अध्यक्ष रावलको ओखर स्याउकाे बगैँचा बाजुरा– खप्तड छेडेदह गाउँपालिका १ का निर्बाचित वडा अध्यक्ष वीर बहादुर रावलले खप्तड राष्ट्रिय निकुञ्ज अतिक्रमण गरेर आफ्नो निजी ओखर र स्याउ बगैचा बनाएको छ । अध्यक्ष रावलले खप्तड राष्ट्रिय निकुञ्ज भित्रको वन क्षेत्र अतिक्रमण गरी आफ्नो श्रीमतीका नाममा रहेको खप्तडबाबा बहुउदेस्यीय कृषि तथा पशुपन्छी र्फम संचालन गर्दै आएको श्रोतले जनाएको छ ।निकुञ्जको क्षेत्रसंगै जोडीएको केही भाग अध्यक्ष रावलको नाममा भए पनि बाँकी भुभाग खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्र रहेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय बाजुराले जनाएको छ । नाप जाँच गर्दा अतिक्रमण भएकोे देखीएपछि स्थलत गत अवलोकन गरेर रिर्पोट पठाएकोले अनुसन्धानको क्रममा रहेको छ ।

 

खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयलाई अतिक्रमीत बन क्षेत्रको चारकिल्ला सहित क्षेत्रफल एकीन गर्न जिल्ला नापी कार्यालय बाजुरालाई अनुरोध समेत गरेको जनाएको छ ।जिल्ला नापी कार्यालय बाजुराका अनुसार नापी कार्यालय बाजुरा खप्तड राष्ट्रिय निकुञ्जको प्राबिधीक सहितको संयुक्त टोलीले सो अतिक्रमित वन क्षेत्रको अनुगमन समेत गरिएको जिल्ला नापी कार्यालयका कार्यालय प्रमुख सुरेश विश्वकर्माले बताए । प्राबिधिक टोलिले गरेको अनुगमनका अधारमा केही भुभाग वडा अध्यक्ष रावलको भए पनि बाँकी भुभाग सार्वजनिक वन क्षेत्र भएको बताए । अतिक्रमित वनको क्षेत्रफल धेरै ठेलो भएकोले नापी कार्यालय बाजुरासंग भएको प्रबिधिले नाप्त सम्भव नरहेको प्रमुख विश्वकर्माले बताए ।

 

उनले भने आफुसंग फेता थियो त्यो फेताले नाप्त सम्भव नभएको बताए ।अध्यक्ष रावतले आफ्नो श्रीमती यसोदा रावलको नाममा खप्तडबाबा बहुउदेस्यीय कृषि तथा पशुपन्छी र्फम संचालन गरी सुदुरपश्चिम प्रदेश र जिल्ला कृषि ज्ञान केन्द्रबाट पटक पटक अनुदानका कार्यक्रम ल्याएर राष्ट्रिय निकुञ्जको बन क्षेत्रमा निजिकरण गर्दै आएको थाहा पाएपछी निकुन्जले कानुनी प्रक्रिया अवलम्बन गरेको जनाएको छ । बर्षेनी सरकारी अनुदान लिदै निकुञ्जलाई निजीकरण गरेर र्फम संचालन गरेको भन्दै अक्तियारमा उजुरी समेत परेको छ ।उजुरी पश्चात खप्तड राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै वडा अध्यक्ष रावलकी श्रीमती यसोदा रावलले खप्तडबाबा बहुउदेस्यीय कृषि तथा पशुपन्छी र्फमको क्षेत्रफलको जाच बुझ्का लागि पत्राचार गरेको छ ।

 

खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय बाजुराका अनुसार फर्म संचालन गरेको जमिन केही आफ्नो नाममा र अरु सबै जमिन खप्तड राष्ट्रिय निकुन्जको मध्यवर्ती बन क्षेत्र फडानी गरी बनाईएको सुचना प्राप्त भएको जनाएको छ । सो जंगल फडानी गरि ओखर र स्याउ खेती गरेको फिल्ड निरीक्षण गर्दा र्फमले चर्चेको जमिन एकीन गर्न नापी कार्यालयलाई अनुरोध गरेको जनाएको छ ।उच्च खनत्व नमुना फलफुल तथा बैगचा स्थापन हिमाली क्षेत्र कार्यक्रम अन्तरगत अध्यक्ष रावलकी श्रीमती यसोदा रावलको नाममा रहेको खप्तडबाबा बहुउदेस्यीय कृषि तथा पशुपन्छी र्फमका नाममा आर्थिक बर्ष २०७९/२०७९ मा सुदुरपश्चिम प्रदेश सरकारले सिधै नाम किटान गरेर २० लाख २ हजार ९ सय ४८ रुपिया बिनियोजन भएकोमा १५ लाख २ हजार ६ सय ८९ रुपिया भुक्तानी भएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जानकारी दिएको छ ।

 

स्याउ खेती कार्यक्रम अन्तरगत सोही क्षेत्रमा रहेको अर्को वडा अध्यक्ष रावलका दाई कृष्ण रावलको सचिदानन्द बहुउदस्यि कृषि तथा पशुपन्छी र्फमको नाममा अर्थिक बर्ष २०७९/२०८० मा रु १५ लाख ९५ हजार सुदुरपश्चिम प्रदेश सरकारले सिधै तोकेर बजेट बिनियोजन गरेकोमा कामको आधारमा ७ लाख ३० हजार भुक्तानी भरिएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले बताएकोे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९