बिहिबार, अशोज १७, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरियामा धार्मिक माघी मेलाका नाममा नौटङ्गी नाच हुँदै, यस्ले समाजमा कस्तो प्रभाव पार्ला ?

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको वर्दगोरिया धाममा यसवर्ष पनि माघी मेला लाग्ने भएको छ । हरेक वर्षमा लाग्ने माघी मेलालाई यसवर्ष पनि निरन्तरता दिइएको हो । धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा मेला आयोजना गरिने बर्दगोरिया धार्मिक संरक्षण मञ्चले जनाएको छ ।

 

गाउँपालिकाको वडा नं.२ स्थित बर्दगोरिया धाममा आयोजना हुने मेलाका लागि सोमबार सरोकारवाला पक्षबीच छलफल गरिएको छ । माघी पर्वका असवरमा यहि पुष २७ गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने भएको हो । यहाँ विगतका वर्षदेखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनुका साथै भजन किर्तन, रामलीला गरिनेछ ।

 

त्यस्तै, भारतको चर्चित नौटंकी नाच पनि रहने मेला आयोजकले जानकारी दिएको छ । माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार र पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न माघी मेलाको आयोजना गरिएको मेला आयोजक मुल समितिका संयोजक तथा बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष जगराम चौधरीले बताए ।

 

बर्दगोरिया धाममा माघीमा परापूर्वकाल देखि नै ठूलो मेला लाग्ने गरेको छ । उनले भने , ‘विशेष त थारु जातिले नयाँ वर्षका रुपमा लिँदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया, शिंघाईबाट भक्तजनहरु मेला भर्न आउने गर्छन् । त्यस्तै, स्थानीय पर्यटकले मेला अवोलकन गर्न आउने गरेका छन् ।’

 

माघ १ गते थारु समुदायले माघी लहानका रुपमा बर्दगोरिया धार्मिक क्षेत्रमा रहेको ताल, पोखरीमा नुहाउने गर्छन् । ‘बर्दगोरिया धार्मिक क्षेत्रकै नामबाट बर्दगोरिया गाउँपालिकाको नामाङ्कन गरिएको हो ।’ बर्दगोरिया गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा पिकनिक स्थलको मेलाको माध्यमबाट प्रचारप्रसारमा टेवा पुग्ने मिडिया संयोजक कृष्णप्रसाद ओझाले बताए ।

 

उनले परापूर्वकाल देखिको पौराणिक महत्व बोकेको कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिव मन्दिर, कुवा, तथा पिरुवा, पुरैना ताल, रामजानकी मन्दिर, झरझरिया, ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचारप्रसार गरिने उनले जानकारी दिए ।

 

मेलामा थारु समुदायका परिकार र कला संस्कृति र मौखिकता झल्काउने भेषभुषा र पंचे बाजासहितको, झाँकीहरु प्रदर्शन गरिने जनाइएको छ । बर्दगोरियामा हरेक वर्ष माघीका अवसरमा विभिन्न ठाउँबाट मेला भर्न तथा स्नान गर्न भक्तजन आउने गर्दछन् ।

 

यो दिन बर्दगोरियामा नुहाएर पूजा गर्नाले वर्षभरीको पाप काटिन्छ भन्ने जनविश्वास रही आएको छ । माघी मेलालाई सफल बनाउनका लागि आफुले सबै सहयोग गर्ने वडा नं.२ का वडाध्यक्ष गोविन्द विकले बताए । बर्दगोरियामा माघमा लाग्ने माघी मेलाबाहेक कार्तिक, मंसिरमा लवाङ्गी पूजा, केदार पूजा, दसैँमा गङ्गा दशहरा, दीपावलीमा लक्ष्मी पूजा र भदौमा बोलबम कलश यात्रा हुने गरेको छ ।

 

करिब १८ हेक्टर क्षेत्रफल ओगटेको बर्दबाबा, कन्या राजा, रामजानकी मन्दिर, हनुमान गढी, ग्वालिन ठाकुर, मनिहारी नामका मुख्य मन्दिरका साथै दुई वटा शिवालय अग्नीकुण्ड तथा भक्तजनहरूलाई नुहाउनका लागि दुई वटा पोखरी रहेका छन् र अहिले फेरि बने तयारीमा रहेका छन् ।

 

बर्दगोरिया परिसरभित्र देवीदेउताले पानी पिउन प्रयोग गर्ने कुवा समेत रहेको विश्वास गरिन्छ । यो ठाउँमा पुरानो राजाको दरबार रहेको समेत अनुमान गरिएको छ । पुरानो राजाको दरबार रहेको र पछि राजाले सो दरबार छोडेर गएपछि दरबार भत्कीएर रहेका ईटाहरूबाट अहिलेका मन्दिरहरू निर्माण गरिएको हुन सक्ने अनुमान गरिए तापनि यो एकिन हुन नसकेको अधिकांश भक्तजनहरु बताउँछन् । बर्दगोरिया माघी मेलामा भारतको चर्चित नौटंकी नाच आयोजकले ल्याउने भने पछि कतिपय समाजसेवी तथा बुद्धिजीवी जनप्रतिनिधि, शिक्षक, पत्रकार ,युवाहरु , संस्कृति जानकार लगायतले विरोध गर्न थालेका छन् । यसले समाजमा कस्तो प्रभाव पार्ला ? विचार लेख्नु होला…

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation