गाैतम बुद्द सामुदायिक अस्पतालबाट ४ सय ७५ जनाले नियमित मृगौलाको डायलाईसिस सेवा लिदैँ

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संघीयताको पूर्ण कार्यान्वयन हुन नसक्दा जनताले अनुभुती गर्ने गरि काम गर्न नसकेको बताएका छन् ।

 

मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोजेको टिप्पणी गरे । प्रदेशले अधिकार प्राप्त नगर्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताउँदै उनले जनतामा निराशा उत्पन्न भएको उल्लेख गरे ।

 

‘संविधानले सबै तहका सरकारलाई आआफ्नै जिम्मेवारी र अधिकार दिएको छ तर, प्रदेशको अधिकार दिन पनि संघले मान्दैन,’ मुख्यमन्त्री चौधरीले गुनासो व्यक्त गरे । मुख्यमन्त्री चौधरीले सरकारी ऐन नियमहरु विकासका बाधक हुन नहुने बताए ।

 

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको ११ औं वार्षिक साधारणसभा तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री चौधरीले जनतालाई सहज र सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । मुटु अस्पतालको विकासको लागि आवश्यक सहयोगका लागि प्रदेश सरकार पनि तत्पर रहेको बताए ।

 

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठले कतिपय सरकारी कानुनहरु समुदायले संचालन गरेका स्वास्थ्य र शैक्षिक संस्थामैत्री नभएको भन्दै त्यस्ता कानुनहरुलाई संसोधन गर्नुपर्ने बताए । उनले शिक्षा र स्वास्थ्यलाई निःशुल्क नगरेसम्म मुलुकको गरिबी न्यूनिकरण नहुने भएकोले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने तर्फ सरकारले काम गर्नुपर्ने बताए ।

 

अर्का पूर्व स्वास्थ्यमन्त्री एवं सांसद विष्णु पन्थीले सरकारी गोलचक्करका कारण विकासका काम अगाडि बढ्न नसकेको भन्दै सबैभन्दा पहिले कानुन संसोधन गर्नुपर्ने खांचो औंल्याए ।

 

कार्यक्रममा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले लुम्बिनी प्रदेशका मात्र नभई ४४ जिल्लाका विरामीहरुले अस्पतालबाट सेवा लिईरहेको उल्लेख गर्दै जग्गा अभावको कारण अस्पतालको सेवालाई बढाउन नसकिएको बताए । अध्यक्ष आलमले तिलोत्तमामा प्रस्तावित जग्गाप्राप्तिका लागि पहल गर्न मुख्यमन्त्री चौधरीलाई आग्रह गरे ।

अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ समिर गौतमले मुटुको विशेषज्ञ सेवासहित एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि सेवा समेत यसक्षेत्रमा मुटु अस्पतालमै पहिलो पटक शुरु भएको बताए ।
२०७० साल पुस १० गते स्थापना भएको मुटु अस्पतालबाट हालसम्म क्याथल्याबबाट ४ हजार ८ जनाले एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि सेवा लिएको डा. गौतमले जानकारी दिए । त्यस्तै यस क्षेत्रका ४ सय ७५ जनाले नियमित मृगौलाको डायलाईसिस सेवा लिँदै आएका छन् ।

 

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका सहसचिव बाबुराम बोहोराको संचालनमा सम्पन्न भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर कुवंर, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमाल लगायतले भनाई राखेका थिए ।

 

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल समुदायको स्तरबाट चलेको लुम्बिनी प्रदेशको एकमात्र मुटु अस्पताल हो । किड्नीका बिरामीलाई २४ सै घण्टा डायलासिस सेवा प्रदान गर्दै आईरहेको अस्पताल जग्गा अभावले ७ वटा भाडाका घरमा सञ्चालन हुँदै आईरहेको छ । गैरनाफामुखी अस्पतालमा रुपमा रुपन्देही उद्योग संघ र रोट्रयाक क्लबको आर्थिक सहयोगमा सञ्चालन भईरहेको अस्पतालका लागि जग्गा व्यवस्थापन गर्न प्रदेश सरकार तयार रहेको पनि कार्यक्रममा मुख्यमन्त्री चौधरीले बताए ।

 

अस्पतालको वार्षिक साधारण सभामा अस्पतालका प्रशासन प्रमुख कमल भण्डारीसहित १० वर्ष भन्दा बढी सेवा गरेका झण्डै एक दर्जन कर्मचारी, अस्पतालको लागि १ लाख रुपैयाँ भन्दा बढी चन्दा सहयोग गर्ने चन्दादाता लगायतलाई सम्मान गरिएको थियो । अस्पताल २०७० सालदेखि सञ्चालनमा आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९