नेपालगञ्ज नाकामा मात्रै तीन बर्षमा ३ हजार ५१० महिला बालबालिका हराएको उजुरी

नेपालगञ्ज । मानव बेचविखन जस्तो जघन्य अपराध निराकरण गर्नको लागि अन्तरदेशिय सहकार्य हुन आवश्यक रहेको निश्कर्ष निकालिएको छ । मानव बेचविखन विरुद्धको जिल्ला समिति बाँकेको आयोजना तथा माईती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जको संयोजनमा नेपालगञ्जमा आयोजित नेपाल–भारत मानव बेचबिखन बिरुद्धको कार्यशालामा बोल्दै समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले मानव बेचविखन दुबै मुलुकको साझा मुद्दाको रुपमा लिदै नियन्त्रण गर्नको लागि हातेमालो गरेर अघि बढ्नु पर्ने कुरामा जोड दिए ।

 

उनले भने, ‘यो विश्वव्यापी समस्या हो । यसलाई नियन्त्रण गर्नको लागि अन्तरदेशिय सहकार्य हुन आवश्यक छ । यसका लागि नीति, कानून द्रूत गतिका बनाउन आवश्यक छ ।’मानव बेचखिनका मुद्दा तथा उद्दारको विषयमा फरक देशका फरक कानून र नीतिभएकोले उनीहरुको सुरक्षित उद्दार र पुनस्थापनामा कठिन हुने गरेको उनको भनाई थियो ।माईती नेपालका निर्देशक विश्वराम खड्काले मानव बेचविखन बिरुद्ध उद्दारको स्पष्ट नीति नभएको कारणले स्वरुप र गन्तब्य फेरिदै भयावह भएको पाईएको बताए ।

 

उनले भने, ‘ उद्दारको स्पष्ट नीति छैन, तर पनि गैर सरकारी संस्थाहरुले विभिन्न तरिकाले बेचविखनको जोखिममा परेकाहरुको उद्दार गर्ने गरिएको छ । राज्यले अन्तराष्ट्रिय स्तरको संधी तथा सम्झौता गर्न र फास्ट ट्रयाकबाट उद्दार गर्ने बाताबरण बनाउन आवश्यक छ ।’

 

मानव बेचविखनको स्वरुप बदलिएको अवस्थामा बेचविखनको जोखिममा परेकालाई उद्दार गर्न सहकार्य बिना असंभव भएको साथै पहिला यौन तथा श्रम सोषण हुने गरेकोमा अहिले स्पा तथा मसाज पार्लर, डान्सबार, मानव अंग प्रत्यारोपणका लागि बेचखिनको जोखिम हुने गरेको माईती नेपाल नेपालगञ्जका संयोजक केशव कोईरालाको भनाई छ ।

 

भारतको विभिन्न स्थानमा मानव बेचविखन बिरुद्ध क्रियाशील संस्था देहात लगायतका संघसंस्थाहरु तथा सामाजिक अभियन्ताहरु सहभागि रहेको सो कार्यक्रममा माइती नेपाल नेपालगञ्जको बितेका ३ वर्षको तथ्याङ्क हेर्दा सीमा क्षेत्रबाट बेचखिनको जोखिममा परेर खोजतलासको निवेदन परेका ३ हजार ५ सय १० मध्ये ५ सय ८२ फेला परेको र खाडि क्षेत्र तथा भारतबाट यौनजन्य शोषणमा परेका ३३ जनाको उद्दार गरी परिवारमा पुनरमिलन गराईएको तथ्याङ्क छ ।उद्दारको स्पष्ट नीतिको अभावको कारण जोखिममा परेकालाई समयमा उद्दार गर्न कठिन हुने गरेको संबन्धित क्षेत्रका विज्ञको गुनासो छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९