कमेरोटार जग्गा एकीकरण तीन वर्षको योजना २१ वर्षसम्म सकिएन, स्थानीय पीडित

भक्तपुर। तीन वर्षमा सकाउने योजनासाथ सुरु भएको भक्तपुरको मध्यपुर थिमिस्थित कमेरोटार जग्गा एकीकरण आयोजना २१ वर्षसम्म पनि नसकिंदा स्थानीय पीडित भएका छन् । आयोजना सुरु भएको दुई दशकसम्म पनि नसकिंदा विकासको पूर्वाधार सडक, पानी, ढल निकासलगायतका योजनाहरु सम्पन्न नहुँदा स्थानीय पीडित बनेका हुन् ।

 

‘खानेपानी, ढल निकास, सडकलगायतको अभाबमा हामी दुई दशक अघि देखि नै जेलमा बसेजस्तो भएका छौ,’ स्थानीयपीडितहरुले नागरिकसँंग एकैस्वरमा भने, ‘आयोजनाको काम छिटो सम्पन्न गर्न वर्तमान उपभोक्ता समिति तुरुन्त खारेज गरी नगरपालिकाबाटै सञ्चालन गरी व्यवस्था गर्न मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठसमक्ष हाम्रो जोडदार माग छ ।’ वर्तमान उपभोक्ता समितिको अध्यक्ष नगरपालिकाका निवर्तमान मेयर मदनसुन्दर श्रेष्ठ हुन् ।

 

पीडितहरुकोतर्फबाट गठित कमेरोटार नगर विकास संयोजन समाजका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले आफूहरुले १७ बुँंदे ६ पृष्ठ लामो मागपत्र मेयर श्रेष्ठसमक्ष पेश गरेको जनाए । यसमध्ये पहिलो माग उपभोक्ता समिति भंग गरी नयाँं उपभोक्ता समिति गठन गरेर कामलाई तीव्रता दिनु रहेको उनले सुनाए ।

पीडितको समितिका सचिव ज्ञानेन्द्रकुमार कार्कीले आयोजनाको काम छिटोभन्दा छिटो सकाइदिन माग राखे । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई ज्ञापनपत्र पेश गरेको भन्दै उनले आयोजनाको काम ढिलाईले आफूहरु पीडित भएको बताए । तीन वर्षमा सकाउने योजनासहित सुरु गरेको योजना २१ वर्षसम्ममा पनि सम्पन्न हुन नसकेको भन्दै उनीहरु आक्रोशित थिए ।

काठमाडौ उपत्यका नगर विकास कार्यान्वयन समिति, मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित कमेरोटार जग्गा एकीकरण आयोजना २०६१ साल फागुन १७ गते राजपत्रमा सूचना प्रकाशन भएपछि विधिवत रुपमा लागु भएको थियो । २० बर्षे लामो यात्रा तय गरेको यस आयोजना आजका मितिसम्म पनि समस्यै समस्याबाट गुज्रीरहेको स्थानीयको भनाई छ ।

 

कमेरोटार जग्गा एकीकरण आयोजनाको उपभोक्ता समितिको गठन २०५९ साल मंसिर १ गते भएको थियो । यो आजसम्म निरन्तर कायम छ । तसर्थ वर्तमान उपभोक्ता समिति तुरुन्त खारेज गरी नगरपालिकाबाटै सञ्चालन हुने गरी ब्यवस्था गर्न पीििडतको माग छ ।

विकास निर्माणमा सुस्तता, अपारदर्शी कृयाकलाप, आम उपभोक्ताहरुसगको सम्बन्ध सुमधुर हुन नसकेको, समन्वयकारी भुमिका निर्वाह गर्न नसकेको, सुबिधाभोगी भई आयोजनाको आयु लम्ब्याएर आर्थिक ब्ययभार बढाउनमा वर्तमान समिति तल्लीन रहेको उनीहरुको आरोप छ ।

आयोजना २०६१ साल फागुन १७ गते राजपत्रमा सूचना प्रकाशन भएपछि विधिवत रुपमा लागू भएको थियो । ‘अब अविलम्व अन्त्य गर्न जरुरी छ, पीडितहरुले भने, प्रारम्भमा आयोजना २०६५ असार मसान्तसम्ममा सम्पन्न गर्ने कार्य तालिका सार्वजनिक गरिएको परिवेशमा सम्पूर्ण उपभोक्ताहरुले स्वीकारेको थिए÷थियौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९