डोल्पा संमृद्धिका लागि सडक, पुल नबन्दा समस्या नै समस्या

सुर्खेत। तीन प्रकारको हावापानी रहेका डोल्पामा विकास र संमृद्धिका लागि सडक मुख्य बाधक बन्दै गएको छ । राज्यले भारी लगानी गरेको छु भन्न नछोडे पनि डोल्पाका लागि त्यो बजेट नगन्य मात्रामा भएको सरोकारवालाहरु बताउँदै आएका छन् । भेरी करिडोर सडक आयोजनाले डोल्पाको लागि मुख्य सडक सञ्जाल जोडिने आधारको रुपमा रहँदै आएको छ । यो सडक जाजरकोट सदरमुकामबाट ५६ किलोमिटर अर्थात तल्लु सम्ममात्र पिचको लागि दुइ वर्ष अघि लागेको ठेक्काको काम भइरहेको छ ।

 

भेरी करिडोर भित्रको जाजरकोटको अन्तिम भाग तल्लुबाट डोल्पाको सदरमुकाम दुनै सम्म ६२ किलोमिटर रहेको छ । यो सडकको अस्थायी ट्याक खोल्ने काम नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडी नेतृत्वको टिमले गरेको थियो । हाल सम्म सोही सडकमा केही साना सवारी साधनहरु चल्ने गरेका छन् । ठुला सवारी साधन चल्नका लागि सडकको स्तरोन्नतीको काम हुन सकेको छैन ।

सेनाले गरेको ट्याक ओपनको काम माथी नै अहिले सबै खालका डोल्पाका क्रियाकलाप हुँदै आएका छन् । राज्यले डोल्पाको सदरमुकामसम्म सडक पुर्याउने लक्ष्य कागजमा पुरयाए पनि डोल्पालीले अनुभूति गर्ने खालको गरि पुर्याउन नसकेको ठुलिभेरीका जयकृष्ण हमालले बताए । ठाउँ,ठाउँमा निर्माण हुने पुलहरुको काम पनि जहाँको त्यही रहेको छ । भाषण मात्र सबै थोक भइसक्यो भन्ने तर व्यवहारिक रुपमा कुनै पनि काम नहुँदा आफूहरु दुखी भएको उनको भनाई रहेको छ ।

 

अघिल्लो वर्ष तल्लुबाट दुनै सम्म पिचका लागि आउनु पर्ने बजेट अहिलेसम्म स्वीकृत नहुँदा तल्लु देखि दुनै सम्मको काम हुन सकेको छैन । भेरी करिडोरको लागि भन्दै ५० करोड बजेट बिनियोजन गरेको सरकारले अहिले चालू अवस्थामा रहेको सडकमै सो बजेट नपुग्ने देखिन्छ ।

 

उत्ता जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको केही समय भित्र निर्माणका लागि बोलपत्र गर्ने तयारी भएपनि भेरी करिडोरसँग जोडिएको त्रिबेणी स्थित पुल निर्माण कार्य पूरा नहुँदा समस्य भएको छ । आयोजनाले आफैँले गरेको बोलपत्र गरेर पुल निर्माण गर्नका लागि क्याराभान लाई जिम्म दिएको थियो । क्याराभान पाएको उक्त ठेक्का रेटालाई बिक्री गरेर जिम्मेवारीबाट पन्छिए पनि पुल निर्माणको काम झनै ढिला भएको छ । पुल निर्माण एक वर्ष भित्र गरि सक्ने भने पनि भाका नाघेर दुइ वर्ष पछाडी धकेलिए पनि पुल निर्माण हुने अझैँ कुनै छाट देखिएको छैन । आयोजना स्थल सम्म जानका लागि उक्त पुल भेरी नदीमा छिटो बनाउनु पर्ने दबाब परेपनि जगदुल्ला जलविद्युत आयोजनाका अधिकारीहरु गफ लगाएर सबै काम हुन्छ भन्दै उच्च अधिकारीलाई आफ्नो पक्षमा ल्याउने काममा समय खर्च गरिरहेको आरोप लाग्दै आएको छ ।

 

त्रिबेणीबाट मुडकेचुला गाउँपालिकाको इल सम्म सडक निर्माण तत्काल गर्नुपर्ने भएपनि जगदुल्ला जलविद्युत आयोजनाका अधिकारीहरु सबै काम गती मै छ भन्दै गलत जानकारी दिने गरेका छन् । यद्यपी फिल्डमा खासै कुनै पनि काम नभएको डोल्पा त्रिपुराकोटका स्थानीय पत्रकार विष्णु देबकोटाले जानकारी दिए । मान्छेलाई आफ्नो पक्षमा ल्याउन माहिर आयोजनाका अधिकारीहरु काम भन्दा पनि हल्ला बढी गर्ने तरिकाका रहेकाे देबकोटाले बताए । आयोजना स्थलमा जान र आउनका लागि पूर्वाधार विकास कार्यालयले खोलेको ठेक्काको काम बल्ल सुरु भएको छ । त्यहाँ रहेको कडा चट्टान फोर्नका लागि बिस्फोटनका कामहरु बल्ल सुरु भएका छन् ।  त्रिबेणी देखि माथी अर्थात डोल्पाको दुनैसम्म अहिले केही ठाउँमा अस्थायी बेलिब्रिज निर्माण गरेर यातायातका साधनहरु सञ्चालनमा रहेका छन् । बेलिब्रिज भएको ठाउँमा पुल निर्माणको लागि भएका ठेक्काको कामहरु अझैँ सुरु हुन सकेको छैन । निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीहरु शक्ति केन्द्रमा धाउदै ठेक्काको म्याद थप्ने काम गरिरहेको पाइएको छ । त्रिबणी देखि माथी डोल्पाका बाँकी ६ वटा पालिकाहरु रहेका छन् ।

 

सडक निर्माण तिब्र बनाई डोल्पाको दुनै सम्म मात्र पिचको काम भएमा मात्र डोल्पाको ६० प्रतिशत अप्ठ्यारो काम हल हुने प्रदेशसभा सदस्य शेरबहादुर बुढाले बताए । अस्थायी कच्ची सडकमा अहिले यातायातका साधनहरु सञ्चालन गर्दा मृत्यु मार्गमा यात्रा गरेझैँ हुने बुढाले जानकारी दिए । जाजरकोट खण्डमा निर्माण गर्नुपर्ने पूलहरु समेत अहिले सम्म निर्माण भएका छैनन् । जाजरकोट खण्डमा सबै काम पुरा नहुन्जेल सम्म डोल्पा जान सहज नहुने देखिन्छ । भेरी करिडोर जाजरकोट रुकुम पश्चिम हुँदै डोल्पामा जोडिने गर्दछ । भेरी करिडोर सडक आयोजनाको बाँकी भागमा ठेक्का खोल्नका लागि आयोजनाका अधिकारीहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालय धाउदा धाउदा हैरान भएको बताउने गरेका छन् ।

 

उपल्लो डोल्पाका तीन पालिकामा हुने विकास निर्माणका कामहरु यही सडकका कारण ढिलो हुँदै गएको छ । दुनैबाट उपल्लो डोल्पा जान र आउन अझैँ पैदल यात्रा गर्नुपरिरहेको छ । दैनिक उपभोग्य सामग्री देखि अन्य सामान लिन समेत घोडा , खच्चड तथा मानिसले पिठ्यूमा बोक्नु पर्ने बाध्यता रहेको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए । राज्यले हामीलाई अकै देशको नागरिक झैँ व्यवहार गरेको उनको आरोप छ । डोल्पाको भान्सा अझैँ भारी महंगो रहदै आएको छ । इन्धन देखि अन्य दैनिक उपभोग्य सामग्री डोल्पा लिनका लागि बाँकेको राँजा स्थित विमानस्थलबाट हवाइ मार्ग हुँदै डोल्पाको जुफाल पुग्ने गरेको छ । समय , समयमा कुहिएको मासु देखि अखाद्य बस्तुहरु डोल्पामा पुग्ने गरेको छ । राँजा विमानस्थलमा डोल्पा पठाउने कुनै पनि सामग्रीको जाँच नहुँदा यस्तो समस्य हुँदै आएको हो ।

 

भारी सम्भावना रहेको डोल्पामा विकास निर्माणको काममा भएको सरकारी विभेदका कारण यहाँका नागरिकहरु पीडित बन्दै गएका छन् । डोल्पामा पुग्ने सरकारी अधिकारी समेत त्यहाँ लामो समय नबस्ने गरेको पाइएको छ । उपल्लो डोल्पाका अधिकांश कर्मचारीहरु चिसोको बहानामा व्यक्तिगत काम गर्दै जिल्ला बाहिर रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९