काठमाडौं। न्याय सेवा आयोगले एकैपटक दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले अदालतका दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरेको हो।सात उपसचिवसहित दुई सय १२ शाखा अधिकृतस्तरका कर्मचारी सरुवा गरिएको हो।





















































































































































