चन्दा नदिएकाे भन्दै राैतहटमा १० दिनदेखि वडा कार्यालयमा ताला

 

रौतहट । संघीयता पछि गाँउ गाँउमा सिंहदरवार आउँछ र जनताको आधारभूत आवश्यकता पूरा गर्दै देशको विकास गर्छ, सुखी नेपाली समृद्ध नेपाल बन्छ भने यहाँका नागरिकले विश्वास लिएका थिए।२०७४ को स्थानिय निर्वाचन पछि गाँउ गाउँमा सिंहदरवार त आयो तर जनता बाट चुनिएर आएका जनप्रतिनिधि अर्थात छोटे राजाहरू जनताको आवश्यकता भन्दा बजेटकै भागबण्डामा अल्झिएका छन् ।नागरिकको पीरमर्कालाई हेर्ने उनीहरुलाई मतलब नै देखिएन । बजेट बाहेक अन्य समस्या देखने यीनलाई फुर्सद नै छैन। यसको ज्वलन्त उदाहरण बनेको छ रौतहटको वृन्दावन नगरपालिका ।

 

पूजाको लागि चन्दा नदिएको भन्दै वडा १ को कार्यालयमा एक समूहले डेढ सातादेखि ताला लगाएको थियो। तर उक्त ताला अर्थात वडाको कार्यालय खुलाईदिने कोही भएन।वडा कार्यालयमा ताल्चा लागेपछि आम सर्वसाधारण मर्कामा परेका छन भने कार्यालयले प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द भएको छ।स्थानिय राजदेव पटेल करिब पाँच दिनदेखि वडा कार्यालय धाइरहेका छन्। तर, वडा कार्यालयमा ताला लागेको देखेर उनी सधैं फर्केर आउँछन्। उनको भर्खरै जन्मेकी छोरीको जन्मदर्ता बनाउन वडा कार्यालय धाउने गरेको बताउँछन्।  वडा कार्यालयमा तालाबन्दी गरिएको कुरा थाहा पनि छैन र पटेल मोबाइल समेत चलाउँदैनन् ।

 

 

पटेललाई छोरीको जन्मदर्ता बनाई बालपोषण भत्ता खुवाउने चिन्ता लागेको छ।तर, वडा कार्यालयमा तालाबन्दी कै कारण उनको छोरीको जन्मदर्ता बन्न सकेको छैन। उक्त वडाका राजदेव पटेल मात्र होईन कार्यालयमा डेढ साता देखि तालाबन्दीका कारण कैयौं सर्वसाधारण मर्कामा परेका छन। वडा अध्यक्ष रामनाथ सहनीले दुर्गा पूजाको अवसरमा लागेको मेलामा चन्दा नदिएका कारण वडा कार्यालयमा ताला लागेको स्वीकार्छन् ।वृन्दावनका मेयर विनोदप्रसाद कुर्मीले दुर्गा पूजाको लागि बचन दिएको चन्दा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएका कारण दिन नसकेकाकाले स्थानिय अमिन्दर पटेल सहितको टोलीले वडा कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष सहनीले बताएका छन।

 

 

दुर्गा पूजाको अवसरमा मेला लगाउन नगरप्रमुख कुर्मीले पाँच लाख रुपियाँ दिने प्रतिबद्दता गरेको थियो । तर, पालिकामा प्रमुख प्रशासकीय अधिकृतको विषयमा विवाद उत्पन्न भएका कारण समयमा उक्त भुक्तानी हुन नसकेकाले आक्रोसित स्थानीयहरूले वडा कार्यालयमा तालाबन्दी गरेको वडाअध्यक्ष सहनीले बताएका छन्।मेयरले भुक्तानी नदिँदा वडा कार्यालयमा किन तालाबन्दी गरेको भनेर सोध्दा स्थानीय अमिन्द्र पटेलले वडा कार्यालय पनि नगरपालिकाकै अंग भएकाले तालाबन्दी गरेको बताए ।  त्यसैगरी नगरको स्वास्थ संस्थाहरुमा औषधिको अभाव छ तर कसैको ध्यान गएको देखिएन।

 

 

यसरी वृन्दावन मात्र नभई जिल्लाको आधादर्जन पालिकामा बेथिति देखिएको छ।सोमवार रौतहटको कटहरिया नगरपालिकामा पनि जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन। त्यस अघि गरुडा नगरपालिकामा सुविधाको माग गर्दै उपमेयर सहित जनप्रतिनिधिले पाँच दिन अघि नगरपालिकाको मुलगेटमा ताला लगाएर धर्नामा बसेका छन।तालाबन्दीका कारण पाँच दिनदेखि त्यहाँका नागरिकले पाउने सम्पूर्ण सेवा सुविधा बन्द भएको छ।उता तलबको माग गर्दै फतुवा बिजयपुरमा शिक्षक कर्मचारी एकसाता अघि देखि धर्नामा बसेका छन। उनीहरूको माग प्रती जनप्रतिनिधिहरु गम्भीर नभएको शिक्षकहरूको आरोप छ।यसरी दुई गाउँपालिका सहित १८ स्थानियतह रहेको रौतहटको अधिकांश स्थानमा जनप्रतिनिधिहरु बजेटकै भागबण्डामा रुमलिएको देखिन्छ। मतदाता नागरिकको सेवा सुविधा र मार्कालाई उनीहरूले बिर्सनै सकेको देखिन्छ। तथापी नागरिकको समस्या समाधान तथा पालिकाहरुको अवस्था बारे राज्य गम्भीर हुनु जरुरी देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९